भिजिट भिसाका प्रकरणमा यस अघिका टिम नै लहरो तान्दा पहरो थर्किरहेको समयमा अहिले त्रिवि अध्यागमनमा पुगेका टिम समेत पूरानै धन्दालाई माथ खुवाउने गरी सक्रिय रहेको फेला परेको छ ।
बिज्ञापन
पूरानो टिमलाई अख्तियारको राडारमा परेर अनुसन्धानको दायरामा परिहँदा जेनजी सरकार बनेपछि त्रिवि अध्यागमन एयरपोर्टमा पुगेका कर्मचारीहरुले ट्राभल एजेन्सीसँग मिलेर यो धन्दालाई जारी रहेको अध्यागमन सूत्रहरुले जनाएका छन् ।
गृह मन्त्रालयले गत कार्तिक १४ गतेदेखी लागू हुने गरी नयाँ मापदण्ड जारी गरेता पनि यस्ता मापदण्डले छुन सकेको छैन,नयाँ टिमलाई । अहिलेको टिमले ०२५ नोभेम्बर २३ देखी लागू हुने गरी नयाँ ग्रुप विभाजन गरी विभिन्न प्रयोजनका लागी पर्यटक भिषामा विदेश जाने व्यक्तिहरुलाई महिलाको हकमा २५ हजार र पुरुषको हकमा १५ हजार विभिन्न ट्राभल एजेन्सी र मेनपावर मार्फत लिई प्रस्थान अनुमती दिइँदै आएको भेटिएको छ । त्यहाँ ३ वटै समूहमा सहजीकरण समिति गठन गरी बरिष्ठ अध्यागमन अधिकृत, अध्यागमन अधिकृत र नासुहरुले सेटिङ्ग को रकम लेनदेमा पठाइएका यात्रुहरुको पूर्ण विवरण नै कर्मचारी प्रेसले हात पारेको छ ।
सो समूहले नोभेम्बर २४ का दिन विहानी समूहले २४ जना यात्रुलाई त्यसरी फर्काएको दिवा समूहले १ बजे अध्यागमन मा पुगेका यात्रुलाई ३ घण्टा विनाकारण रोकी मानसिक तनाव दिएको कतिपय यात्रुलाई जहाज उडेपछी प्रस्थान अनुमती दिएको र कतिपयलाई थर्काएर फिर्ता गरेको र सोही दिनकै रात्री समूहले करिव ३० जना यात्रुलाई त्यसरी नै गेट नो सो र विना पत्र तल झर भनेर थर्काउने र काममा ढिलासुस्ती गरेको यात्रीहरुको विवरण कर्मचारी प्रेसले प्राप्त गरेको छ ।
बिज्ञापन
भिजिट तथा पर्यटक भिसामा विदेश जानेहरुबाट ‘सेटिङ’मा हुने असुली नियन्त्रण गर्न अध्यागमन विभागले अहिले ‘मापदण्ड’ परिमार्जन गरेको छ । २०८० माघ १० बाट लागु गरिएको ‘विवादित’ ६ बुँदे मापदण्ड खारेज गरेर गृह मन्त्रालयले कात्तिक १३ देखी नयाँ मापदण्ड लागु गरेको छ ।परिमार्जित नयाँ मापदण्ड अनुसार राहदानी, भिसा र गन्तव्यसम्मको हवाई टिकट भएमा यात्रुहरू भिजिट भिसामा विदेश जान पाउँछन् ।
तर, कर्मचारीहरुले कागजात पुरा हुँदा पनि यात्रुलाई अफलोड गरेको भेटिएको छ । यसअघिको ६ बुँदे मापदण्डको कारण बिचौलियाहरूले चलखेल गरेर ‘सेटिङ’ धन्दा जारी राखेको उजुरी गृह,अध्यागमन विभाग,सतर्कता केन्द्रदेखि अख्तियारसम्म पुगेपछि ती अधिकृतहरुलाई हटाइएको गृहले जनाएको छ ।
यो धन्दा जारी रहेको र यस बिषयमा अख्तियार,सतर्कता केन्द्र र गृह मन्त्रालय गुहारिएसँगै हालैमात्र दुई जना अध्यागमन अधिकृतलाई विमानस्थलबाट हटाइएको छ । गृह स्रोतका अनुसार अध्यागमन अधिकृतद्वय हेमन्ती साउद र बबिता मरासिनीलाई त्यहाँबाट हटाइएको हो । जसमध्ये साउदलाई जिल्ला प्रशासन कार्यालय डडेलधुरा र मरासिनीलाई ईलाका प्रशासन कार्यालय पाल्पा रामपुरमा खटाइएको छ ।


























