उपरथी श्रेष्ठ पनि राजनीतिमा,स्वतन्त्र उमेद्धारी दिने घोषणा

सेवामा रहँदा अनेकन काण्डमा जोडिएका प्रहरी उच्च अधिकारीहरुमात्र होइन सैनिक उच्च अधिकारीहरु पनि राजनीति मोह प्रकट गरेका छन् ।

बिज्ञापन

 

बिज्ञापन

अनियमिततामा मुछिएको आरोपसहित कोर्ट अफ इन्क्वायरी गठन भएसँगै अवकाशमा गएर उन्मुक्ति पाएका नेपाली सेनाको उपरथी वावुराम श्रेष्ठले आगामी निर्वाचनमा स्वतन्त्र उमेद्धारी दिने घोषणा गरेका छन् ।

गत बर्ष दशैको मुखमा हेर्डक्वार्टरको कोपभाजनमा परेर उपरथिबाटै घर गएका वावुराम श्रेष्ठ आगामी २१ फागुनमा हुने निर्वाचनमा गोरखा २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन। सिरान्चोक गाउँपालिका ८ जौबारीका स्थायी बासिन्दा श्रेष्ठले आगामी २१ फागुनमा स्वतन्त्र उमेद्धारी दिने घोषणा गरेका छन् । श्रेष्ठ अघिल्लो बर्ष कात्तिक २ गते अवकाशमा गएका हुन ।

बिज्ञापन

श्रेष्ठ सिभिल इन्जिनियरिङ हुँदै नेपाली सेनाको शिवपुरीस्थित नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेजको नेतृत्वमा रहेका उनी रथि पदमा बढुवा नभइ घर गएका थिए । ०४४ मंसिर ९ गते नेपाली सेनामा सैनिक क्याडेटका रुपमा भर्ना भएका उनले पाकिस्तानबाट एनडीसी गरेका थिए । उनी २६ बेसिकका अधिकृत हुन् । श्रेष्ठलाई २०७८ कात्तिक १ गते बसेको मन्त्रिपरिषद् बैठकले उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। तीन वर्षे कार्यकाल पूरा भएसँगै उनी निवृत्त भएका हुन्। ०७८ कात्तिकमा उनको उपरथीमा बढुवासंगै तीन तारे जर्नेल बन्ने प्रवल सम्भावना भने रहेको बताइएको थियो ।
नेपाली सेनाको उपरथीको उमेर हद (५७ वर्ष) पूरा हुन ५ महिना बाँकी हुँदै श्रेष्ठले अवकाश हुनु परेको थियो । रथीमा बढुवा भएको भए उनी ५८ वर्षको उमेरसम्म सेवा गरेर रथीबाट अवकाश हुनेथिए। रथीको उमेर हद ५८ वर्ष हो।

तर श्रेष्ठ अनियमिततामा मुछिएको भन्दै कोर्ट अफ इन्क्वायरी गठन भएको थियो । नेपाली सेनाकै उपरथी प्रेमध्वज अधिकारीको अध्यक्षतामा छानबिन बोर्डले गठन भएको थियो । श्रेष्ठमाथि पछिल्लो पटक सैनिक कमान्ड तथा स्टाफ कलेजको शिक्षाधिकृत हुँदा आर्थिक अनियमितताको आरोप लागेको थियो। उनीसँगै काम गरेका अधिकारीहरूमाथि अहिले पनि छानबिन चलिरहेको अवस्थामा अवकाशमा जाने भएपछि छानबिनबाट मुक्ति पाएका थिए,श्रेष्ठले ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मेयरको घरमा अख्तियारको छापा

जेनजी ४२ सहिद परिवारलाई उपसचिवसरह ‘मासिक पेन्सन’ : निर्णय गुपचुप

सशस्त्र प्रहरीको प्रवक्तामा डिआइजी विष्णु भट्ट

सम्बन्धको मौनता

प्रवेश पत्रमै चिट चोर्ने उमेद्धारको परीक्षा रद्ध,दुई बर्ष आयोगको कालोसूचीमा

उपसचिवको विज्ञापन रद्ध

चुनावको मुखमा श्रम मन्त्रालयमा प्रहरीको वटालियन, कर्मचारी त्रसित

निजामतीको कार्यसम्पादनप्रति मन्त्री असन्तृष्ट,मन्त्रालय- विभागसम्म प्रहरीको टुकडी तैनाथ

बिशेष