अब शाखा अधिकृतलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउन नसके पछि र निमित्तको राज हटाउन नसके पछि ‘नयाँ आइडिया’ फुर्याएको छ,त्यो हो अब शाखा अधिकृतलाई नै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइदिने । मन्त्रालयमा नयाँ सचिवको रुपमा चन्द्रकला पौडेलको इन्ट्री भएसँगै यो कार्यको श्री गणेश गरेको छ,सामान्यले ।

बिज्ञापन

यस अघि नगरपालिकाहरुमा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृतका रुपमा उपसचिव खटाउने गरेकोमा खटाएका ठाउँमा कर्मचारी जान नमानेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकामा समेत शाखा अधिकृतलाई नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको हो । यस अघि यस्ता पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर शाखा अधिकृतलाई खटाइँदै आएकोमा अब शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित खटाइन लागेको हो ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबारमात्र १८ जना शाखा अधिकृतहरुको सरुवा गरेकोमा ४ जना शाखा अधिकृतहरुलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको हो ।
यसरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउने शाखा अधिकृतहरुमा सुशिल कुमार साह रहेका छन्,उनलाई यमुनामाई गाउँपालिकाबाट बलरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ । यस्तै मन्त्रालयले भूमि मन्त्रालयका शाखा अधिकृतको जिम्मेवारीमा रहेका संजीव साहलाई हरिपुर नगरपालिका,सर्लाहीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ भने भूमि मन्त्रालयकै शाखा अधिकृत सुनिल पौडेल पाख्रिवास नगरपालिकाको प्रमुख अधिकृतको जिम्मेवारी पाउँदा दिपेश कुमार झालाई शम्भुनाथ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।

मन्त्रालयले स्थानीय तहहरुमध्ये नगरपालिका र उपमहानगरपालिकामा सहसचिव,नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाउँदै आएको थियो । यसरी खटाइएकामध्ये अधिकांश पालिकामा खटाइएका कर्मचारीहरु जान नमाने पछि अब शाखा अधिकृतलाई नै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाउन लागिएको हो ।

बिज्ञापन

यस अघि दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकाको कर्मचारीमध्ये बरिष्ठ कर्मचारीलाई आर्थिक र प्रशासनिक अधिकारसहितको निमित्तको जिम्मेवारी दिइदैं आएकोमा अब निमित्त को राज हटाउन भन्दै मन्त्रालयले नयाँ तरिका अपनाएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका अनुसार नगरपालिकामा उपसचिवको दरबन्दी रहे पनि हाललाई १० वर्ष अनुभव भएका शाखा अधिकृतलाई खटाउन लागिएको हो ।
पालिकामा समायोजन भएका कर्मचारीलाई निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नदिएर अनुभवी शाखा अधिकृतलाई पठाइएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रशासनका सहसचिव धमाधम बढूवा,प्राविधिकतर्फ ठप्प

मधेश प्रदेशका ३१ शाखा अधिकृतको सरुवा

६२ शाखा अधिकृतको सरुवा : ३८ लाई स्थानीय तह खटाइँदा २२ भित्रिए सिंहदरबार

झापा प्रशासनको ‘शून्य बाँकी आवेदन’ अभियान, बिहान ७ देखि बेलुकी ६ बजेसम्म सेवा

२६ उपसचिवको जिम्मेवारी फेरियो, १६ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

बिशेष