रुग्ण उद्योग सञ्चालनमा ल्याउन जेनजीको दबाब,सरकारले अगाडि बढायो निजीकरण प्रक्रिया

जेनजीहरुको मर्म र भावना विपरित सरकारले रुग्ण उद्योग निजीकरण प्रक्रिया अगाडि बढाएको छ । केही अघिमात्र जेनजीहरुको समूहले मन्त्रीलाई भेटेर रुग्ण अवस्थामा रहेका उद्योगहरु सञ्चालन गरि नेपालमा रोजगारीको अवस्था श्रृजना गर्न ज्ञापन बुझाएका थिए ।
तर सरकारले उनीहरुको भावना विपरित चार वटा रुग्ण उद्योगलाई निजीकरण प्रक्रिया अगाडि बढाएको हो ।  जेनजीको एउटा समूहले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हालाई ज्ञापन पत्र बुझाउँदै जनकपुर चुरोट कारखाना लगायतका बन्द रहेका उद्योगहरु सञ्चालनमा ल्याउन दबाब दिइरहेको समयमा सरकारले भने जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी र नेपाल ओरियन्ट म्याग्नेसाइटको डीडीएलाई निजीकरण गर्नका लागि मूल्यांकन गर्न परामर्शदाता कम्पनीको छनोट प्रक्रिया अगाडि बढाएको छ ।

बिज्ञापन

जस अनुसार ती रुग्ण उद्योगका सम्पत्ति मूल्यांकन गर्नका लागि ३ कम्पनीको प्राविधिक प्रस्ताव स्वीकृत गरेको मन्त्रालयले जनाएको छ । अर्थमन्त्रालयले गत साउन २० गते आह्वान गरेको बोलपत्रमा आवेदन दिएकामध्ये ती मूल्यांकनकर्ताहरु योग्य भएका हुन्।छनोटमा परेका ती कम्पनीहरुमध्येबाट पेस गरिएका आर्थिक प्रस्ताव आगामी मंसिर २१ गते खोलिने अर्थ मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

सरकारले बजेटमार्फत यी चार वटै कम्पनीको सम्पत्ति व्यवस्थापन गरेर औपचारिक रुपमै खारेज गर्ने घोषणा गरेको थियो । गत वैशाख १५ गते बसेको मन्त्रीपरिषद्ले ७ वटा रुग्ण उद्योगको सम्पत्ति ‘व्यवस्थापन’ गर्ने निर्णय लिएको थियो ।

एस एण्ड एस पीजेपीएन जेभीए चारै उद्योग मूल्यांकनको लागि योग्य देखिएको अर्थ मन्त्रालयले जनाएको छ । ओरियन्ट म्याग्नेसाइट र बुटवल धागो कारखानाका लागि सोही कम्पनी एकल रुपमा सफल भएको छ । मेटल कम्पनीका लागि जिन एण्ड एसोसिएट्स र जनकपुर चुरोटका लागि एस। सुवेदी एण्ड एसोसिएट्स योग्य देखिएका हुन्।

बिज्ञापन

यसअधिघ मन्त्रालयले जनकपुर चुरोट कारखानाका लागि ८ वटा, नेपाल ओरियण्ड म्याग्नेसाइटका लागि ११ वटा, बुटवल धागो कारखानाका लागि १२ वटा र नेपाल मेटल कम्पनीको सम्पत्ति मूल्यांकनका लागि ११ वटा कन्सल्टिङ कम्पनीलाई सर्टलिष्टमा छनौट गरेको थियो ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

बिशेष