रुग्ण उद्योग सञ्चालनमा ल्याउन जेनजीको दबाब,सरकारले अगाडि बढायो निजीकरण प्रक्रिया

जेनजीहरुको मर्म र भावना विपरित सरकारले रुग्ण उद्योग निजीकरण प्रक्रिया अगाडि बढाएको छ । केही अघिमात्र जेनजीहरुको समूहले मन्त्रीलाई भेटेर रुग्ण अवस्थामा रहेका उद्योगहरु सञ्चालन गरि नेपालमा रोजगारीको अवस्था श्रृजना गर्न ज्ञापन बुझाएका थिए ।
तर सरकारले उनीहरुको भावना विपरित चार वटा रुग्ण उद्योगलाई निजीकरण प्रक्रिया अगाडि बढाएको हो ।  जेनजीको एउटा समूहले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हालाई ज्ञापन पत्र बुझाउँदै जनकपुर चुरोट कारखाना लगायतका बन्द रहेका उद्योगहरु सञ्चालनमा ल्याउन दबाब दिइरहेको समयमा सरकारले भने जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी र नेपाल ओरियन्ट म्याग्नेसाइटको डीडीएलाई निजीकरण गर्नका लागि मूल्यांकन गर्न परामर्शदाता कम्पनीको छनोट प्रक्रिया अगाडि बढाएको छ ।

बिज्ञापन

जस अनुसार ती रुग्ण उद्योगका सम्पत्ति मूल्यांकन गर्नका लागि ३ कम्पनीको प्राविधिक प्रस्ताव स्वीकृत गरेको मन्त्रालयले जनाएको छ । अर्थमन्त्रालयले गत साउन २० गते आह्वान गरेको बोलपत्रमा आवेदन दिएकामध्ये ती मूल्यांकनकर्ताहरु योग्य भएका हुन्।छनोटमा परेका ती कम्पनीहरुमध्येबाट पेस गरिएका आर्थिक प्रस्ताव आगामी मंसिर २१ गते खोलिने अर्थ मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

सरकारले बजेटमार्फत यी चार वटै कम्पनीको सम्पत्ति व्यवस्थापन गरेर औपचारिक रुपमै खारेज गर्ने घोषणा गरेको थियो । गत वैशाख १५ गते बसेको मन्त्रीपरिषद्ले ७ वटा रुग्ण उद्योगको सम्पत्ति ‘व्यवस्थापन’ गर्ने निर्णय लिएको थियो ।

एस एण्ड एस पीजेपीएन जेभीए चारै उद्योग मूल्यांकनको लागि योग्य देखिएको अर्थ मन्त्रालयले जनाएको छ । ओरियन्ट म्याग्नेसाइट र बुटवल धागो कारखानाका लागि सोही कम्पनी एकल रुपमा सफल भएको छ । मेटल कम्पनीका लागि जिन एण्ड एसोसिएट्स र जनकपुर चुरोटका लागि एस। सुवेदी एण्ड एसोसिएट्स योग्य देखिएका हुन्।

बिज्ञापन

यसअधिघ मन्त्रालयले जनकपुर चुरोट कारखानाका लागि ८ वटा, नेपाल ओरियण्ड म्याग्नेसाइटका लागि ११ वटा, बुटवल धागो कारखानाका लागि १२ वटा र नेपाल मेटल कम्पनीको सम्पत्ति मूल्यांकनका लागि ११ वटा कन्सल्टिङ कम्पनीलाई सर्टलिष्टमा छनौट गरेको थियो ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

हिमशृङ्खला एकेडेमीले मनायो ३१औँ स्थापना दिवस

ललितपुर मालपोत प्रमुखको सरुवा सदर,भक्तपुरका प्रमुख र सुव्वाको सरुवा बदर

कर्मचारीको नियमित सरुवा स्थगित

प्रसाई र सरकारबीच सहमति : कर्मचारीको तलब २० हजार बढाउने विषयमा सरकार सकारात्मक

सञ्चार सचिव अर्याल र महिला सचिव बस्नेत अदलीबदली

बर्ष दिन पछि सीटीईभीटीले पायो उपाध्यक्ष

फेरि अर्काे आयोग गठन,संयोजक तोकिए पूर्व न्यायधीश

मन्त्रिपरिषदको बैठक जारी

बिशेष