अवकाशकै भोलिपल्ट आइजीपीमाथि जाँचबुझ आयोगको एक्सन

नेपाल प्रहरीको महानिरीक्षकबाट अवकाश पाएकै भोलिपल्ट चन्द्रकुबेर खापुङमाथि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले एक्सन लिएको छ ।

बिज्ञापन

खापुङ गएराति १२ बजेदेखि सेवाअवधि पूरा गरी नेपाल प्रहरीबाट सेवानिवृत्त भएका हुन । आजै प्रहरी महानिरीक्षकका रुपमा दानबहादुर कार्कीले पदभार ग्रहरण गरेका थिए । उनले बिहान मन्त्रालयमा दर्ज्यानी चिह्न लगाइएको थियो भने लगतै प्रहरी हेर्डक्वार्टरमा पुगेर पद बहाली गरेका थिए ।
अवकाश पाएकै भोलिपल्टै खापुङमाथि कार्की नेतृत्वको जाँचबुझ आयोगले विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बिना काठमाडौँ उपत्यका नछाड्ने व्यवस्था गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको हो।

बिज्ञापन

आयोगका प्रवक्ता विज्ञानराज शर्माले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘आजबाट सेवा निवृत्त हुनु भएकाले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई जाँचबुझ तथा छानबिनका लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुनेगरी निजको विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृती बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने ।’

आयोगले शुरूमा भदौ २३ र २४ गते आन्दोलनमा खटिएका प्रहरी कर्मचारीको विवरण माग गरेको थियो । प्रहरी प्रधान कार्यालयले आन्दोलनका दिन जवानदेखि आईजीपीसम्म फिल्डमा खटिएको जवाफ आयोगलाई दिएको थियो ।

बिज्ञापन

तत्कालीन आईजीपी खापुङले आयोगलाई अटेरी गरेको भन्दै उनलाई जरिवाना गर्ने निर्णय गरिएको थियो । पछि काठमाडौं उपत्यका प्रहरी कार्यालयले आन्दोलनका बेला उपत्यकामा खटिएका प्रहरीको विवरण आयोगलाई पठाएको थियो ।

यसअघि आयोगले असोज १२ गते निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडीलाई समेत काठमाडौं बाहिर जान रोक लगाएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मेयरको घरमा अख्तियारको छापा

जेनजी ४२ सहिद परिवारलाई उपसचिवसरह ‘मासिक पेन्सन’ : निर्णय गुपचुप

सशस्त्र प्रहरीको प्रवक्तामा डिआइजी विष्णु भट्ट

सम्बन्धको मौनता

प्रवेश पत्रमै चिट चोर्ने उमेद्धारको परीक्षा रद्ध,दुई बर्ष आयोगको कालोसूचीमा

उपसचिवको विज्ञापन रद्ध

चुनावको मुखमा श्रम मन्त्रालयमा प्रहरीको वटालियन, कर्मचारी त्रसित

निजामतीको कार्यसम्पादनप्रति मन्त्री असन्तृष्ट,मन्त्रालय- विभागसम्म प्रहरीको टुकडी तैनाथ

बिशेष