प्रहरीको परीक्षामा खेताला उमेद्धारको विगबिगी : बर्ष दिनमै ३६ परीक्षार्थी कारवाहीमा

गत आर्थिक वर्ष ८१/ ८२ मा लोकसेवा पास गरेर निजामतीमा स्थायी जागिर खानेमा जुम्लाका सबैभन्दा धेरै रहेको भेटिएको छ । लोकसेवा आयोगको प्रतिवेदन अनुसार विभिन्न सेवा, समूह सञ्चालन गर्ने निकाय तथा कार्यालयहरूका रिक्त पदमा नियुक्तिका लागि कुल २ हजार ५ सय ९२ जना उम्मेदवार सिफारिस हुँदा जुम्ला जिल्लाबाटै ११५ जना स्थायी नियुक्तिका लागि सिफारिस भएका हुन । जुन प्रतिशतका आधारमा ४ दशमलव ४४ प्रतिशत हो ।

बिज्ञापन

आयोगको ६६ औं प्रतिवेदन केलाउँदा लोकसेवा भीडेर स्थायी नियुक्ति लिनेमा जुम्लेलीहरु अग्रपक्तिमा रहेका छन् । सो जिल्लाबाट मात्र प्रतिशतका आधारमा ४ दशमलव ४४ प्रतिशत स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

निजामती प्रवेशको फलामे ढोका मानिने लोकसेवा परीक्षा भीडेर नाम निकाल्नमा अघिल्लो बर्ष स्याङ्जालीहरु दोश्रो बनेका छन् । स्याङ्जाका ३६ महिलासहित ९२ जनाले स्थायी नियुक्ति लिएका छन् । यो कुल स्थायी नियुक्ति लिने संख्याको ३ दशमलव ५५ प्रतिशत हो । यस पटक गुल्मी पहिलोबाट तेस्रोमा झरेको छ । अघिल्लो आर्थिक बर्षमा गुल्मीले रेकर्ड तोडेको थियो । गत आर्थिक बर्षमा गुल्मीबाट गत आर्थिक बर्षमा ३४ महिला र ४५ पुरुषसहित ८० जना स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् । यो कूल ३ दशमलव ०९ प्रतिशत हो । यस्तै, धनुषाबाट १४ पुरुष, ५८ महिलासहित ७२ जना स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् । प्रतिशतमा यो २ दशमलव ७८ प्रतिशत हो । यस्तै,पाँचौ नम्बरमा काठमाडौं रहेको छ । जहाँबाट २ दशमलव ७४ प्रतिशतले स्थायी नियुक्ति पाएका छन् । काठमाडौंबाट गत बर्ष ७१ जना स्थायी नियुक्तिका लागि सिफारिस हुँदा ३९ महिला र ३२ पुरुष गरी ७१ जना रहेका छन् । यता सबैभन्दा धेरै दरखास्त हाल्ने जिल्लाका रुपमा चिनिएका सर्लाहीबाट २८ महिला र ४३ पुरुषसहित ७१,कञ्चनपुरबाट २८ महिला र ३८ जना पुरुषसहित ६६ जना स्थायी नियुक्तिका लागि सिफारिस हुँदा दैलेखबाट १७ महिला र ४८ पुरुषसहित ६५ जना स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् । आयोगका अनुसार,रुकुम पश्चिमबाट ६३,बारा जिल्लाबाट ६२,रौतहटबाट ६१,कैलालीबाट ६० जना स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् ।

यता पढ्नमा माथि उल्लेखित जिल्लाहरु अगाडि देखिँदा खेताला उमेद्धार अगाडि सार्नेदेखि चिट चोर्नेसम्मका परीक्षार्थी ! त्यसमा पनि सबैभन्दा बढी अनुशासनमा रहने मानिएको सुरक्षा संगठनतर्फको परीक्षामा यस्तो बदमासी र लापरवाही देखिएको छ, लोकसेवाको परीक्षामा । आयोगले ०७३/७४ देखि सुरक्षा निकायको विज्ञापन गर्दै आएको छ । जसमा पछिल्लो पटकमात्र सुरक्षा संगठनतर्फका ३६ परीक्षार्थी अनियमिततामा डामिएर कारवाहीमा परेका छन् । अघिल्लो आर्थिक बर्ष लोकसेवाले सञ्चालन गरेको परीक्षामा सहभागी भएका उमेद्धारमध्ये निजामती सेवातर्फ ३ महिला र २ पुरुष गरी ५ जना,सङ्गठीत संस्थातर्फ २ महिला र ८ पुरुष गरी १० परीक्षार्थी कारवाहीमा पर्दा सुरक्षा निकायतर्फ ३६ फन्दामा परेका हुन ।

बिज्ञापन

आयोगका अनुसार खेताला लगाएर परीक्षा दिनेमा सबैभन्दा बढी नेपाल प्रहरीतर्फका १७ जना रहेका छन् । यस्तै, प्रश्नपत्र च्यात्ने १ र उत्तर पुस्तिका बोकेर घर जाने ८,इलेक्ट्रिक डिभाइस प्रयोग गर्ने ३ गरी २९ जनाले एक देखि तीन बर्षसम्म परीक्षा दिन नपाउने भएका छन् । उता, नेपाली सेनातर्फका अमर्यादित गतिविधि गर्ने ७ फन्दामा परेका छन् । इलेक्ट्रिक डिभाइस प्रयोग गर्ने १ महिला र २ पुरुष गरी ३,चिट चोर्ने १ र उत्तर पुस्तिका च्यात्ने ३ परीक्षार्थीहरु १ देखि ३ बर्षसम्म परीक्षा दिन नपाउने गरी कारवाहीमा परेका हुन । यसरी परीक्षामा अनियमित कार्य गर्नेमा ४४ पुरुषसहित ५१ जना रहेका छन् । कारवाहीमा परेकामध्ये १० को परीक्षा रद्ध,१ बर्षसम्म परीक्षामा सामेल हुन नपाउने गरी कारवाहीमा परेका ७,२ बर्षसम्म परीक्षामा सहभागी हुन नपाउने ८ र तीन बर्षसम्म लोकसेवा भीड्न नपाउने गरी कारवाहीमा पर्नेको संख्या १६ जना रहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पिआइएस पोर्टल सञ्चालनको अधिकार अब कर्णालीलाई,पाँच हजार बढी कर्मचारी प्रत्यक्ष लाभन्वित

नापिका २१ हाकिमहरू फेरिए

१४ ठेकेदारलाई सात दिने पूर्जी

‘यो बालेन इफेक्ट हो’: पूर्वसचिव उपाध्यायको विश्लेषण

प्रहरीको परीक्षामा खेताला उमेद्धारको विगबिगी : बर्ष दिनमै ३६ परीक्षार्थी कारवाहीमा

पूर्व गृहमन्त्रीका नातेदारलाई छानी छानी नियुक्ति

अवैद्य गर्भपतन गराउँदै आएको क्लिनिकलाई प्रहरी र प्रशासनको उन्मुक्ति,स्थानीय आक्रोशित

स्वास्थ्य मन्त्रालयमा सेटिङ साम्राज्य भत्कियो: रायमाझी हटाइए, इमानदार पण्डित जोखिमपूर्ण कुर्सीमा

बिशेष