सेनामा जुत्ता काण्ड

 एक लाखभन्दा बढी सैनिकका लागि आवश्यक पर्ने बुट (जुत्ता) नेपालमै उत्पादन गर्नका लागि नेपाली सेनाले आफ्नै उद्योग खोलेको छ । आर्थिक वर्ष २०७८–०७९ मा सैनिक कल्याणकारी कोषको १४ करोड रुपैयाँको लगानीमा काठमाडौंको सुन्दरीजलमा जुत्ता कारखाना स्थापना गरियो । करिब ६५ जना जनशक्तिलाई अमेरिकी कम्पनीबाट ल्याएर उत्पादन, गुणस्तर र प्रणालीको बारेमा तालिम दिएर बुट उत्पादन गर्न सुरु गरिएको थियो ।

बिज्ञापन

स्वदेशी उत्पादन प्रयोग गर्ने उद्देश्यले सुरु गरिएको उक्त उद्योग अन्तर्राष्ट्रियस्तरको बुट उत्पादन गर्ने क्षमताको रहेको छ । तर उक्त कारखाना संचालन भएको ३ वर्षमै सेनाले आफ्नो उद्योगबाट उत्पादित बुट प्रयोग नगरी पुनः बोलपत्रमार्फत् सेटिङमा खरिद गर्न लागेको छ ।

बिज्ञापन

सेटिङमा खरिद गर्दा हुने चलखेलकै कारण सेनाले १४ करोड लागतमा खोलेको उद्योग एक वर्षदेखि बुट उत्पादन नै नगरी बन्द गरिएको छ । प्रधानसेनापतिका रुपमा अशोकराज सिग्देलको नियुक्ति भएपछि उक्त जुत्ता कारखाना बन्द गरिएको हो । एक वर्षदेखि पूर्ण क्षमतामा संचालन नगरी केही कर्मचारीमात्र राखिएको छ । बन्द नगरी आधामात्र कर्मचारी राखिएको स्रोतले जनाएको छ ।

उद्योग स्थापना भई संचालनमा आएपछि करिब ६० हजार जोर बुट उत्पादन गरी सेनाले उक्त बुट प्रयोग गर्दैैआएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि समेत स्वदेशमै उत्पादन गरी आयात प्रतिस्थापन गर्ने नीति अन्तर्गत उक्त कारखाना तत्कालीन सेनापति प्रभुराम शर्माले स्थापना गरेका थिए ।

बिज्ञापन

सेनाको मागपूर्ति गरी कारखानाको क्षमता अभिबृद्धि गर्दै क्रमशः प्रहरी र सशस्त्र प्रहरीलाई समेत पुग्ने बुट उत्पादन गर्नुपर्ने लक्ष्यलाई पूरा गर्ने कार्यमा अगाडि बढ्नुपर्ने सेनाको नेतृत्व कमिसनको चक्करमा पुरानै खरिद प्रक्रियामा फर्र्किन खोजेको आरोप लागेको छ । कारखाना औपचारिक रुपमा बन्द भएको घोषणा त गरिएको छैन तर बिभिन्न कारण देखाउँदै संचालन नगरी बिचौलिया यादव कुँवरमार्फत् सेटिङमा बुट र बन्दोबस्तीका सामान खरिद गर्न खोजिएको स्रोतको दाबी छ ।

नेपाली सेनाको बन्दोबस्तीका सामानहरू आफैं उत्पादन गर्दा लागत कम र गुणस्तर उत्कृष्ट हुने गरेकोमा सबै अवगत छन् । स्रोतका अनुसार यादव कुँवरलाई ब्यापारिक लाभ पु¥याउनका लागि सेनाले आफ्नो उद्योग संचालन नगरी सेटिङमा बुट लगायतका बन्दोबस्तीका सामान खरिद गर्ने तयारी गरेको छ । कुँवर प्रधानसेनापति अशोकराज सिग्देलका नाताले सम्धी पर्छन् ।

सिग्देलका छोराको विवाह कुँवरकी छोरीसँग भएको हो । सिपाहीको गाँस काटेर कल्याणकारी कोषमा जम्मा भएको रकमबाट खोलिएको उद्योग संचालन नगरी आज एकातिर टेण्डर प्रक्रियाको नाममा बिदेशबाट जुत्ता आयात गर्दा नेपाली पूँजी बाहिरिने र अर्कोतर्फ गुणस्तरीय समेत नहुने समस्या देखिएकै सेनाले आफैं उत्पादन सुरु गरेको थियो । तर, नेतृत्व परिवर्तनसँगै देखिएको ब्यक्तिगत लाभहानीको चलखेलका कारण करोडौं लगानीमा खोलिएको उद्योग प्रयोजनहीन भएको छ ।

स्वदेशी उद्योगलाई प्रबद्र्धन गरी रोजगारी बृद्धि गर्ने लक्ष्यसहित जेनजी सरकार बनेको छ । रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले नै सम्हालेको अवस्था छ । पदमा नहुँदा भ्रष्टाचार नियन्त्रण र रोजगार अभावले य्ुवा पलायनका बारेमा चिन्ता प्रकट गर्ने सुशीला कार्की नै प्रधानमन्त्रीको कुर्सीमा हुँदा उनीमातहत संचालित करोडौं लगानीमा खोलिएको उद्योग संचालन गर्नका लागि कदम नचाल्नुले बोली र ब्यवहारमा फरक देखिएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतको प्रतिक्रिया यस्तो छ–‘बुट उत्पादन गर्ने सेनाको उद्योग बन्द भइसकेको छैन । संचालन भइरहेको छ । कच्चा पदार्थको उपलब्धताको बिषय आएको छ ।

कच्चापदार्थ आउने क्रम घटीबढी भइरहन्छ । कच्चा पदार्थको उपलब्धता अनुसार उत्पादन भइरहेको छ । बार्षिक खपत हुने बुटको संख्याको सवाल पनि छ । कुनै बर्ष एकदम बढी हुन्छ । बुटको खपत अवधि समाप्त भएपछि हामीले नयाँ बुट खरिद हुन्छ । खपत अवधिले गर्दा कुनै कुनै बर्ष बढी परिमाणमा बुट आवश्यक पर्छ ।’ टेण्डर गरेर खरिद गर्ने र यहाँ उत्पादन हुने दर फरक रहेको बस्नेतको भनाइ छ । दृष्टिबाट

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वास्थ्य मन्त्रालयमा व्यापक सरुवा

कार्यालय प्रमुख,लेखा अधिकृतसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा

चिप्लिए निर्णयकर्ता : हिजो सामान्यको सरुवामा,आज क्याविनेटको निर्णयमा

यता अधिकृतस्तरका २० जनाको अस्थायी दरबन्दी स्वीकृत,उता ३ सय ३३ को दरबन्दी कटौती

सेनामा जुत्ता काण्ड

सहसचिव र उपसचिव तहको विज्ञापन स्थगन

स्वास्थ्य मन्त्रालय ‘सेटिङ सेन्टर’मा रुपान्तरण:-सचिवदेखि निर्देशकसम्म छानबिन गर्ने अख्तियारमा उजुरी

१० उपसचिव,१८ अधिकृत सहित ३३ कर्मचारीको सरुवा

बिशेष