कानुनका ज्ञाताले चलाएको मन्त्रालयमै कार्यविधिको धज्जी : दुई महिनामै सरुवा परे यी सहसचिव

गृह मन्त्रालयले हालैमात्र ३६ जना सहसचिवको सरुवा गर्दा कसैलाई माथै माथ कसैको पुर्पुरोमा हात हुन पुगेको छ । जेनजीको रगतको बलमा सत्तामा पुगेको गृह मन्त्री ओमप्रकाश अर्याल र गृह सचिव रामेश्वर दंगालले कर्मचारीहरु सरुवा गर्दा काँग्रेस निकट भनेर चिनिएका सहसचिवहरु पेलानमा परेका छन् भने एमाले निकटका कर्मचारीहरुले छानीछानी आकर्षक जिल्ला हाँक्ने अवसर पाएका छन् । यस्का अलवा विगतमा अख्तियार मातहत बसेर काम गरेका कर्मचारीले आकर्षक जिल्ला भेटेका छन् ।

बिज्ञापन

केही सहसचिव दुई महिनामै सरुवा भएका छन् भने केहीलाई मापदण्ड विपरित आफ्नै गृह जिल्लामा खटाइएको छ । यसरी छोटो अवधिमा सरुवा हुने सहसचिवहरुमा सुमन घिमिरे,केदारनाथ शर्मा,तोयनारायण सुवेदी,विष्णु प्रसाद कोइराला,डा टोकराज पाण्डे, कृष्णप्रसाद लम्साल,धर्मराज जोशी,गोगन बहादुर हमाल लगायत रहेका छन् ।

बिज्ञापन

यसरी सरुवा भएकामध्ये सुमन घिमिरेलाई अघिल्लो सरकारले ललितपुर जिल्ला प्रशासन कार्यालयमा खटाइएको थियो भदौं ५ मा । उनी २ महिनामै सरुवा भएर कसुरजन्य व्यवथा विभागमा ल्याइएको छ । अवकाशको मुखमा रहेका प्रेम भट्टराईलाई लतिपुरको प्रजिअ बनाइएको छ ।

यस्तै २०८२ असार ९ केदारनाथ शर्मालाई जुम्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाइएकोमा अध्यागमन कार्यालय गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको कार्यालय भैरहवामा खटाइएको छ ।

बिज्ञापन

२०८२ भाद्र ९ गते प्रमुख जिल्ला अधिकारीका रुपमा पर्सामा खटाइएका तोयनारायण सुवेदीलाई अर्घाखाँचीमा खटाइएको छ । यस्तै,०८२ श्रावण १८ गते रुपन्देही जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका डा टोकराज पाण्डेलाई लमजुङ खटाइएको छ ।

गृहका सहसचिवमध्ये सबैभन्दा बढी पेलानमा परेका कर्मचारी हुन,विष्णु प्रसाद कोइराला । उनी ०८२ श्रावण २६ मा गुल्मी जिल्ला प्रशासनमा हाजिर भएका थिए । दुई महिना १८ दिन पछि सरुवा भएर अछाम पुगेका छन् । पाँचथरको प्रमुख जिल्ला अधिकारीका रुपमा १ बर्ष,त्रिवि अन्तराष्ट्रिय विमानस्थलमा ५२ दिन,२४ दिन बरण्डामा बसेर गुल्मी पुगेका थिए । त्यहाँबाट ७८ दिन पछि सरुवा भएर अछाम पुगेका हुन । पछिल्लो जेठ ९ गतेदेखि कार्तिक ९ सम्मको अवधिमा तीन पटक सरुवामा परेका छन्,उनी । श्रावण २९ गते कैलाली जिल्ला प्रशासनको जिम्मेवारी सम्हाल्न पुगेका कृष्ण प्रसाद लम्साल २ महिनामै सरुवा भएका छन् । महोत्तरीबाट नारायण रिसाल अवधि नपुग्दै सरुवा भएर दोलखा खटाइएको छ । काँग्रेसी भएकै कारण धर्मराज जोशीहरु सरुवा भएर उदयपुर पुगेका छन् । जेनजी आन्दोलनको क्रममा रुपन्देही कम क्षतीग्रस्त बनाए वापत टोकराज पाण्डे लमजुङ्ग पुगेका छन्। जबकी जेनजी आन्दोलनको क्रममा जबकी जेनजी आन्दोलनमा कास्कीका जिल्ला प्रशासन,जिल्ला कारागार कार्यालय र अन्य सरकारीकार्यालय तोडफोड हुँदा पनि रुद्रादेवी शर्मालाई चलाइएको छैन । एक पछि अर्काे आकर्षक जिल्ला बसिरहेका गणेश अर्याललाई अर्याल भएकै कारण गृहमन्त्रीले चितवनबाट चलाएका छैनन् । कुनै समय गृह प्रशासनमा सदाबहार प्रमुख जिल्ला अधिकारीबनेर विगतमा रकेर्ड राखेका आस्मान तमाङ्ग, रामबहादुर कुरुम्बाङहरुको पदचाप पछ्याउनेअवसर पाएका छन् केही सहसचिवहरुले ।

यस अघि संघीय मामिलातथा सामान्य प्रशासनबाट बढुवा भएर नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा गृह प्रवेश गरेका रामुराज कडरियालाई आफ्नै गृह जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको छ । यस अघि उनी रवि लामिछानेलाई खुसी पारेर पहिलो पोस्टिङ्ग नै धनुषाको प्रमुख जिल्ला अधिकारी बनेका थिए भने त्यहाँ १६ महिना बस्दा झगडियाको पक्षमा नजायज निर्णय गरेको उजुरी गृहमा पुगेपछि तानेर गोर्खा पठाइएकोमा अवकाशको मुखमा आफ्नै गृह जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको हो जबकी गृह आफैंले बनाएको मापदण्ड अनुसार कर्मचारीले आफ्नै गृह जिल्लाको नेतृत्व गर्न मिल्दैन ।

उता गृहले कर्मचारी खटन पटन गर्दा दिलकुमार तामाङ,वासुदेव घिमिरे,बसन्त अधिकारीहरुको सरुवा गर्दा गृह आफैंले बनाएको मापदण्ड कुल्चिएको पाइएको हो । सिडिओ सरूवा सम्बन्धी कार्यविधिले ‘क’ वर्गबाट‘क’ वर्ग कै जिल्लाको सिडिओमा खटाउन मिल्दैन भन्छ तर कार्यविधिलाई हावा खुवाउँदै झापाबाट गोपालप्रसाद अधिकारीलाइ काभ्रेपलाञ्चोक,गृहका सदावहार सिडियोका रुपमा चिनिएका उमेशप्रसाद ढकाललाई काभ्रेबाट भक्तपुर सारिएको छ । उनी उप सचिवदेखि सहसचिव हुँदा करिब एक दर्जन जिल्लाको सिडियो भइसकेका छन् । यस अघि नवलपरासी पूर्वको सिडिओ हुँदा चौधरी ग्रुपको बदमासीविरूद्ध एक्सन लिए वापत कारवाहीस्वरुप‘ग’ वर्गको जिल्ला पाँचथर खटाइएका अरुण पोखरेललाई भने चलाइएको छैन ।

जेनजीको राजमा पनि रोकिएन कर्मचारी सरुवामा विकृती : कसैलाई माथैमाथ,केहीको पुर्पुरोमा हात

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१ उपसचिवसहित १० अधिकृतको सरुवा,९ पुगे निर्वाचन आयोग

चार कर्मचारी बर्खास्त,तीनलाई विभागीय कारवाही

इलाममा आज रातिदेखि सवारी आवागमन रोक

प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन

शिक्षा अधिकृतको ‘विवाह नगरे ज्यान लिने’ धम्कीपछि शिक्षिका झुण्डिइन्,पक्राउ परे रावल

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

किन बढ्दैछ प्रहरीमा राजीनामा दिने ट्रेन्ड ? थपिए एसएसपी रानाभाट

एसएसपी प्रकाश रानाभाटले किन दिए राजीनामा ?

बिशेष