दक्षिण एशियामै नेपालको आर्थिक बृद्धिदर कमजोर,आगामी बर्ष २ दशमलव १ प्रतिशतमा सीमित रहने प्रक्षेपण

विश्व बैंकले चालू वर्ष नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशतमा सीमित हुनसक्ने अनुमान गरेको छ । विश्व बैंकले दक्षिण एशिया क्षेत्रको आर्थिक अवस्थाको झलक सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २ दशमलव १ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो । यस अघि विश्व बैंकले चालु आर्थिक वर्षमा ५ दशमलव २ र त्यसपछि ५ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हुने आकलन गरेको थियो । तर जेनजी आन्दोलन,बाढी पहिरो लगायतका प्रकोपका कारण नेपालको चालु आर्थिक बर्षको आर्थिक बृद्धिदर २ दशमलव १ प्रतिशतमा सीमित हुने र त्यसपछिको वर्ष आव २०८३/ ८४ मा ४ दशमलव ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको हो ।

बिज्ञापन

बिज्ञापन

 

नेपालमा हाल देखिएको अस्थिरता तथा बढ्दो राजनीतिक र आर्थिक अनिश्चितताका कारण आर्थिक वृद्धिदर आगामी आर्थिक वर्ष २०८२/८३ मा घटेर २.१ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ, जसको सम्भावित दायरा ऋणात्मक १.५ देखि २.६ प्रतिशतसम्म रहने अपेक्षा गरिएको विश्व बैंकले भनेको छ । यस अघि विश्व बैंकले यसअघि सन् २०२६ मा नेपालको आर्थिक वृद्धि २ दशमलव ९ प्रतिशत हुने अनुमान गरेको थियो। तर नयाँ तथ्यांकअनुसार, प्रक्षेपण ० दशमलव ८ प्रतिशत विन्दुले घटेर २ दशमलव १ प्रतिशतमा झर्ने प्रक्षेपण रहेको छ ।

बिज्ञापन

विश्व वैकले सन् २०२७ मा भने आर्थिक वृद्धि फेरि उक्लिएर ४ दशमलव ७ प्रतिशत हुने अपेक्षा गरिएको छ।विश्व बैंकको अनुमानअनुसार दक्षिण एशियाको आर्थिक वृद्धिदर यसवर्ष ६ दशमलव ६ प्रतिशत हुनेछ । सन् २०२६ मा भारतको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत, भुटानको ७ दशमलव ३ प्रतिशत, बंगलादेशको ४ दशमलव ८ प्रतिशत, श्रीलंकाको ३ दशमलव ५ प्रतिशत र माल्दिभ्सको ३ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बर्दिया डिस्टिलरीको ४० करोड मुद्दा कता हरायो? विभाग मौन, अपराधी निर्भीक

सबै जग्गा धनीले नयाँ श्रेष्ता बनाउनुपर्ने,मालपोतले माग्यो यी १० प्रमाण

अनियमित भुक्तानीको दबाब नटेकेपछि लेखा अधिकृतमाथि कालोमोसो हमला

७ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई रमाना दिन संघीय मामिला मन्त्रालयको निर्देशन

दक्षिण एशियामै नेपालको आर्थिक बृद्धिदर कमजोर,आगामी बर्ष २ दशमलव १ प्रतिशतमा सीमित रहने प्रक्षेपण

बाढी पहिरोपीडितलाई अस्थायी आवास बनाउन तत्काल ५० हजार अनुदान

सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा ठाकुर

मन्त्री नभएको मौका छोपेर सयौं कर्मचारीको गुपचुप सरुवा,अत्याचार भयो भन्दै प्रम कार्यालयमा पुग्यो उजुरी

बिशेष