दक्षिण एशियामै नेपालको आर्थिक बृद्धिदर कमजोर,आगामी बर्ष २ दशमलव १ प्रतिशतमा सीमित रहने प्रक्षेपण

विश्व बैंकले चालू वर्ष नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशतमा सीमित हुनसक्ने अनुमान गरेको छ । विश्व बैंकले दक्षिण एशिया क्षेत्रको आर्थिक अवस्थाको झलक सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २ दशमलव १ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो । यस अघि विश्व बैंकले चालु आर्थिक वर्षमा ५ दशमलव २ र त्यसपछि ५ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हुने आकलन गरेको थियो । तर जेनजी आन्दोलन,बाढी पहिरो लगायतका प्रकोपका कारण नेपालको चालु आर्थिक बर्षको आर्थिक बृद्धिदर २ दशमलव १ प्रतिशतमा सीमित हुने र त्यसपछिको वर्ष आव २०८३/ ८४ मा ४ दशमलव ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको हो ।

बिज्ञापन

बिज्ञापन

 

नेपालमा हाल देखिएको अस्थिरता तथा बढ्दो राजनीतिक र आर्थिक अनिश्चितताका कारण आर्थिक वृद्धिदर आगामी आर्थिक वर्ष २०८२/८३ मा घटेर २.१ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ, जसको सम्भावित दायरा ऋणात्मक १.५ देखि २.६ प्रतिशतसम्म रहने अपेक्षा गरिएको विश्व बैंकले भनेको छ । यस अघि विश्व बैंकले यसअघि सन् २०२६ मा नेपालको आर्थिक वृद्धि २ दशमलव ९ प्रतिशत हुने अनुमान गरेको थियो। तर नयाँ तथ्यांकअनुसार, प्रक्षेपण ० दशमलव ८ प्रतिशत विन्दुले घटेर २ दशमलव १ प्रतिशतमा झर्ने प्रक्षेपण रहेको छ ।

बिज्ञापन

विश्व वैकले सन् २०२७ मा भने आर्थिक वृद्धि फेरि उक्लिएर ४ दशमलव ७ प्रतिशत हुने अपेक्षा गरिएको छ।विश्व बैंकको अनुमानअनुसार दक्षिण एशियाको आर्थिक वृद्धिदर यसवर्ष ६ दशमलव ६ प्रतिशत हुनेछ । सन् २०२६ मा भारतको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत, भुटानको ७ दशमलव ३ प्रतिशत, बंगलादेशको ४ दशमलव ८ प्रतिशत, श्रीलंकाको ३ दशमलव ५ प्रतिशत र माल्दिभ्सको ३ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

करार कर्मचारी व्यवस्थापनको मन्त्रिपरिषद् निर्णयको स्वागत, संघर्षमा साथ दिने सबैप्रति आभार

प्रशासन सेवाका ४२,इन्जिनियरिङका १४ सहित यी ८७ सहसचिव जाँदैछन् घर

घान्द्रुकले सिकाएको मौनताको दर्शन(नियात्रा)

सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा

विदेशी विनिमय अवचलनको अनुसन्धानदेखि उपचार विवादसम्म मुछिएका डा. जितेन्द्र परियारलाई सिभिल अस्पतालको नेतृत्व दिलाउन शक्तिकेन्द्रको दौडधुप ?

सेनाको ‘व्याकअप’ तयार गर्दै सरकार, विद्यार्थीलाई सैन्य तालिम,नियुक्तिमा सेनाका पूर्व अधिकारी

प्रदेशका १२ कर्मचारी बढुवा सिफारिस

पाँच मन्त्री हटाइँदै

बिशेष