उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

पोहोरसम्म उत्तरगया गाउँपालिका–४ का टोलहरूमा फोहोर व्यवस्थापन ठूलो समस्या थियो। डस्टबिनको व्यवस्था नहुँदा गाउँलेहरूलाई फोहोर सडकछेउ, पाखा र खोल्सामा फाल्न बाध्य थियो। त्यसमाथि, गाउँमा बस्ने वृद्धबृद्धा वा बाटो हिँड्ने यात्रुका लागि विश्राम गर्ने बेन्चसमेत थिएन। गाउँपालिका र वडा कार्यालयको ढिलासुस्तीले गाउँलेहरूलाई वर्षौँसम्म पर्खिनुपर्ने बाध्यता थियो।

बिज्ञापन

बिज्ञापन

तर यसपटक भने तस्वीर बदलिएको छ। पालिका र वडाले बेवास्ता गरेको ठाउँमा जेनेजी समूहका युवाहरू आफैं जुटे। सामुदायिक जिम्मेवारीलाई आत्मसात् गर्दै उनीहरूले “गाउँलाई सफा र व्यवस्थित बनाउने” अभियान थाले।

आज २०८२ असोज १३ गते, समूहले वडाका विभिन्न टोलहरूमा डस्टबिन र बेन्च स्थापना गर्दै गाउँलाई नयाँ रूप दिन थालेका छन्। एकैदिनमा गाउँलेहरूले आँखा अगाडि देख्ने गरी परिवर्तन अनुभव गरे।

बिज्ञापन

यो अभियान अन्तर्गत सामग्री राखिएका स्थानहरू यसप्रकार छन्: घलेगढी ढुङ्गे, माथिल्लो कर्मिडाँडा, बिमिरे आोडारडाँडा,विश्वकर्मा टोल,कर्मिडाँडा,  दुई तले टोल ,  मनिगाउँ , चौरखर्क ,भलायडाँडा ।

स्थानीयवासीको भनाइमा, “गाउँपालिका र वडा कार्यालयले गर्ने जिम्मेवारी आफ्नै गाउँका युवाले पूरा गरिदिँदा हामी गर्वित भएका छौं।”

युवाहरूले यो काम “अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने” भन्ने भावनासहित सुरु गरेका हुन्। उनीहरूको भनाइमा, अरूलाई दोष दिने भन्दा आफैं केही गर्नुपर्छ भन्ने सन्देश दिनका लागि यो सानो काम सुरु गरिएको हो।

जेनेजी समूहको सक्रियताले न केवल फोहोर व्यवस्थापन र विश्रामस्थल निर्माणमा मद्दत गरेको छ, बरु गाउँमा “साझेदारी र जिम्मेवारी” को नयाँ चेतना पनि जगाएको छ।

अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण दाजुभाइ तथा साथीहरूलाई समूहले विशेष धन्यवाद दिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

भोटेकोशी प्रलयमा परी १६० राष्ट्रसेवक वेपत्ता,चारको मृत्यु

उपसचिव सिडियो,उनकै मातहतमा खटाइयो सहसचिव

निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

बिशेष