कान्छा सीईओले बर्ष दिन अगावै किन दिए राजीनामा ?

एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन् । एक बर्ष कार्यकाल बाँकी रहँदै उनले प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका हुन । न्यौपानले दिएको राजीनामा केही अघि स्वीकृत गरेको छ,सञ्चालक समितिले ।

बिज्ञापन

झण्डै १७ बर्ष लामो बैकिङ करिअरमा सात बर्ष त उनी प्रमुख प्रशासकीय अधिकृतकै रुपमा कार्यरत रहे । रसुवा जिल्ला स्थायी घर भएका न्यौपानेले सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशियाबाट जागिर शुरु गरेका हुन । २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए। सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृत हुँदै सञ्चालक समितिको बैठकले ०७५ मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । उनी ३८ वर्षको उमेरमा नै वाणिज्य बैंकको सिइओ बनेर रेकर्ड कायम गरेका थिए । यस्तै सञ्चालक समितिले २०७९ कात्तिक १६ गते दोस्रो पटक ४ वर्षका लागि एनआईसीको सीईओमा नियुक्त भएका थिए । उनको कार्यकाल अझैं एक बर्ष बाँकी थियो ।

बिज्ञापन

नेतृत्व सम्हालेको छोटो समयमा नै एनआईसी एशिया बैंकलाई सफलताको शिखरमा पु¥याउन सफल भएका थिए र लोभलाग्दो सफलता दिलाएका थिए । तर सात बर्ष लामो प्रमुख कार्यकारी अधिकृतको जागिरबाट उनले विश्राम लिएका हुन ।
उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै आफूलाई अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकिङ क्षेत्रमा पहिचान बनाएका थिए । बैंक सञ्चालक समितिको बैठकले नायब कार्यकारी अधिकृत सन्तोष कुमार राठीलाई कायममुकायम प्रमुखको जिम्मेवारी तोकेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

बिशेष