कान्छा सीईओले बर्ष दिन अगावै किन दिए राजीनामा ?

एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन् । एक बर्ष कार्यकाल बाँकी रहँदै उनले प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका हुन । न्यौपानले दिएको राजीनामा केही अघि स्वीकृत गरेको छ,सञ्चालक समितिले ।

बिज्ञापन

झण्डै १७ बर्ष लामो बैकिङ करिअरमा सात बर्ष त उनी प्रमुख प्रशासकीय अधिकृतकै रुपमा कार्यरत रहे । रसुवा जिल्ला स्थायी घर भएका न्यौपानेले सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशियाबाट जागिर शुरु गरेका हुन । २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए। सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृत हुँदै सञ्चालक समितिको बैठकले ०७५ मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । उनी ३८ वर्षको उमेरमा नै वाणिज्य बैंकको सिइओ बनेर रेकर्ड कायम गरेका थिए । यस्तै सञ्चालक समितिले २०७९ कात्तिक १६ गते दोस्रो पटक ४ वर्षका लागि एनआईसीको सीईओमा नियुक्त भएका थिए । उनको कार्यकाल अझैं एक बर्ष बाँकी थियो ।

बिज्ञापन

नेतृत्व सम्हालेको छोटो समयमा नै एनआईसी एशिया बैंकलाई सफलताको शिखरमा पु¥याउन सफल भएका थिए र लोभलाग्दो सफलता दिलाएका थिए । तर सात बर्ष लामो प्रमुख कार्यकारी अधिकृतको जागिरबाट उनले विश्राम लिएका हुन ।
उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै आफूलाई अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकिङ क्षेत्रमा पहिचान बनाएका थिए । बैंक सञ्चालक समितिको बैठकले नायब कार्यकारी अधिकृत सन्तोष कुमार राठीलाई कायममुकायम प्रमुखको जिम्मेवारी तोकेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निर्जीवन बीमा कम्पनीमा पर्यो २० अर्ब ७० करोड दाबी

कान्छा सीईओले बर्ष दिन अगावै किन दिए राजीनामा ?

त्रिपालमुनि सर्वाेच्चका दुइ अस्थायी इजलाश

संसद भवन खरानी भएको नवौं दिनपछि अनुगमनमा निस्किए सभामुख

पूर्वमन्त्रीदेखि पार्टीको प्रवक्तासम्मले छाडे सीके राउतको साथ

जेनजेड युवा क्रान्ति र राजनीतिक, आर्थिक, प्रशासनिक सुधारको अवसर

१० कार्यालयको कमाण्डर फेरिए,काठमाडौंका ६ प्रहरी वृत्तका इञ्चार्ज हेरफेर

नेप्सेमा दोस्रो नकरात्मक सर्किट ब्रेक

बिशेष