१० कार्यालयको कमाण्डर फेरिए,काठमाडौंका ६ प्रहरी वृत्तका इञ्चार्ज हेरफेर

काठमाडौंका विभिन्न ६ वटा प्रहरी वृत्तमा इन्चार्ज फेरिएका छन्।प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङको निर्णयअनुसार देशभरिका ४८ एसपी,देशभरिका ९० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) सरूवा गरेका हुन । सरुवाको सूची अनुसार प्रहरी हेर्डक्वार्टरलेर ४८ एसपीको सरुवा गर्दा १० कार्यालय प्रमुख हेरफेर भएका छन् भने काठमाडौंका विभिन्न ६ वटा वृत्तका इञ्चार्ज पनि परिवर्तन भएका छन् ।

बिज्ञापन

प्रहरी हेर्डक्वार्टरलेर ४८ एसपीको सरुवा गर्दा १० कार्यालय प्रमुख हेरफेर भएका छन् भने काठमाडौंका विभिन्न ६ वटा वृत्तका इञ्चार्ज पनि परिवर्तन भएका छन् ।
सूची अनुसार,सप्तरी र कैलालीमा यसअघि नै काजमा गएका एसपीहरु गौतमकुमार केसी र नरेन्द्र चन्दकै दरबन्दी कायम भएको छ । बाँके जिल्ला प्रहरी प्रमुखमा अंगुर जिसी सरुवा भएका छन् । उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् । अत्यन्तै आकर्षक मानिने पर्सामा पाँच महिनामै एसपी गौतम मिश्र त्यहाँबाट सरुवा भएर सुदूरपश्चिम प्रहरी कार्यालय पुगेका छन् । त्यहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एसपी सुदीपराज पाठक सरुवा भए । अर्को आकर्षक मानिने मकवानपुरका एसपी विश्वराज खड्का १३ महिना बसेर प्रधान कार्यालय सरुवा भए म त्यहाँ सुवासचन्द्र बोहराले कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन् ।

बिज्ञापन

मोरङमा कवित कट्वाल, सुनसरीमा केशवकुमार थेवे, दाङमा दीपक श्रेष्ठ, पाल्पामा दीपेन्द्र पंजियार थारु, कास्कीमा नवीन कार्की, कपिलवस्तुमा सन्तोष आचार्य जिल्ला प्रहरी प्रमुखका रुपमा सरुवा भएका छन् । डोटीमा महेन्द्र नेपाल र भक्तपुरमा सूर्यबहादुर खड्का सरुवा भएर कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दैछन् ।

यस्तै देशभरिका ९० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) सरूवा हुँदा काठमाडौंका ६ वटा वृत्तमा इन्चार्ज फेरिएका हुन्। प्रहरी वृत्त स्वयम्भूका इन्चार्ज डिएसपी उद्धवसिंह भाटलाई नेपाल प्रहरी पहरा गण मुख्यालय सामाखुशी सरूवा गरिएको छ। उनको स्थानमा सर्वोच्चरविशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ रामशाह पथमा कार्यरत डिएसपी मोहनमणि अधिकारीलाई सरूवा गरिएको छ।

बिज्ञापन

प्रहरी वृत्त बौद्धका इन्चार्ज जयश्वर रिमाललाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा सरूवा गरिएको छ। उनको स्थानमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालका डिएसपी सन्तोष रोकालाई सरूवा गरिएको छ।

प्रहरी वृत्त मालीगाउँका डिएसपी सुनिलजंग शाहलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरूवा गरिएको छ। उनको स्थानमा अख्तियारमै कार्यरत डिएसपी धनबहादु बोहरालाई सरूवा गरिएको छ।

प्रहरी वृत्त दरबारमार्गका इन्चार्ज डिएसपी राजकुमार श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय गोरखा सरूवा गरिएको छ। उनको स्थानमा कर्णाली प्रदेश प्रहरी कार्यालय अन्वेषण योजना शाखाका डिएसपी नारायण डाँगीलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै प्रहरी वृत्त सिंहदरबारका इन्चार्ज डिएसपी प्रह्लाद कार्कीलाई नगर प्रहरी कार्यालय काठमाडौंमा खटाइएको छ। उनको स्थानमा गण्डकी प्रदेश प्रहरी कार्यालय अन्वेषण योजना शाखा पोखराका डिएसपी जनार्दन घिमिरेलाई खटाइएको छ।

त्यस्तै प्रहरी वृत्त गौशालाका इन्चार्ज डिएसपी सुकदेव खनाललाई केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान तथा कारबाही शाखा लाजिम्पाटमा सरूवा गरिएको छ। उनको स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको सुरक्षा कार्यालयका डिएसपी प्रकाश रिमाललाई खटाइएको छ। उनीहरूलाई असोज महिनाको तलबभत्ता हाल सरूवा भएकै दरबन्दीबाट पाउने गरी सरूवा गरिएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कान्छा सीईओले बर्ष दिन अगावै किन दिए राजीनामा ?

त्रिपालमुनि सर्वाेच्चका दुइ अस्थायी इजलाश

संसद भवन खरानी भएको नवौं दिनपछि अनुगमनमा निस्किए सभामुख

पूर्वमन्त्रीदेखि पार्टीको प्रवक्तासम्मले छाडे सीके राउतको साथ

जेनजेड युवा क्रान्ति र राजनीतिक, आर्थिक, प्रशासनिक सुधारको अवसर

१० कार्यालयको कमाण्डर फेरिए,काठमाडौंका ६ प्रहरी वृत्तका इञ्चार्ज हेरफेर

नेप्सेमा दोस्रो नकरात्मक सर्किट ब्रेक

इच्छाशक्ति, आत्मिक शान्ति र जेन जी पुस्ताको जिम्मेवारी

बिशेष