जेनजीको प्रदर्शनका कारण साताभन्दा लामो समय बन्द रहेर खुलेको सेयर बजारमा आज दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ । पहिलो नकारात्मक सर्किट ब्रेक लागेर २० मिनेट बन्द भएर खुलेको कारोबारमा पुनः दोस्रो सर्किट ब्रेक लागेको हो ।
बिज्ञापन
दोस्रो सर्किट ब्रेक लागेपछि नेप्से परिसूचक ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक २० मिनेटको लागि स्थगित भएको थियो । त्यसपछि खुलेको बजारमा फेरि ५ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रेक लागेको छ । बैंकिङ, विकास बैंक, लगानी र जीवन बीमा समूह ५ प्रतिशतभन्दा धेरै घटेका छ । नेप्से दोस्रो सर्किट ब्रेक लागेसँग १३३ दशमलव ६१ अङ्कले घटेर नेप्से परिसूचक २५३८.६३ विन्दुमा झरेको छ ।
बिज्ञापन
जेनजी प्रदर्शनका कारण शेयर बजार गत भदौ २४ गतेदेखि बन्द रहेको थियो । आज खुलेको बजारमा लगातार दोस्रो पटक नकरात्मक सर्किट ब्रेक लागेको हो ।