रसुवा जिल्लामा जारी गरिएको निषेधाज्ञा आज बिहानदेखि हटाइएको छ।
बिज्ञापन
बिज्ञापन
जिल्ला सुरक्षा समितिको निर्णयानुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम गत भदौ २७ गते बिहान ६ बजेदेखि जिल्लाभर लागू भएको निषेधाज्ञा भदौ २८ गते बिहान ६ बजेदेखि हटाइएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिएका छन्।
बिज्ञापन
जेन-जी आन्दोलनका गतिविधि तथा रसुवा कारागारबाट फरार रहेका कैदीबन्दीको अवस्थालाई मध्यनजर गर्दै सुरक्षा संवेदनशीलता कायम राख्न निषेधाज्ञा लागू गरिएको थियो। तर अवस्था सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























