जङ्गीअड्डा भित्र प्रधानसेनापतिसँग छलफल जारी,बाहिर सुशीला कार्की मान्दिनौं भन्दै नाराबाजी

जेनजीका प्रतिनिधिहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अन्तरिम सरकार प्रमुखका लागि प्रस्ताव गरेपछि बिहीबार बिहान प्रधानसेनापति अशोकराज सिग्देलसँग पूर्व प्रधानन्यायधीश सुशीला कार्कीको भेटवार्ता चलिरहेको छ ।

बिज्ञापन

जेनजी प्रतिनिधिहरूको उपस्थितिमा कार्की र सिग्देलबीच वार्ता चलिरहेको छ । छलफलका लागि पूर्व प्रधानन्यायशीश कार्की पति दुर्गा सुवेदीसँगै जङ्गी अड्डा पुगेकी हुन ।भित्र सुशीला कार्की र उनका श्रीमान् दुर्गा सुवेदीसँग प्रधान सेनापतिको झण्डै एक घण्टादेखि छलफल भइरहेको छ । संविधान सँशोधन,प्रधानमन्त्रीमा नियुक्ति प्रक्रिया र सँघीयतावारे कुरा मिल्न बाँकी छ ।

बिज्ञापन

भित्र वार्ता चलिरहँदा बाहिर नेपाली सेनाले जङ्गीअड्डा वरिपरि कडाइ गरेपछि युवाहरू सुन्धारास्थित धरहराअगाडि भेला भएर नाराजानी गरिरहेका छन् । मुख्यालय अगाडि नै नाराबाजी गर्न थालेपछि आज युवालाई सेनाले सुन्धारातिर पुर्याइएको छ ।

नेपाली सेनाको मुख्यालय नजिकै धरहरा वरपर जम्मा भएको युवाहरुको भीडले सुशीला कार्कीको विरोधमा नाराबाजी गरेको छ । भीड बढ्दै गएकाले भद्रकाली वरपर सेनाले सुरक्षा कडा बनाएको छ । सेनाले भीड नगर्न र धराहरा क्षेत्रबाट हट्न माइकिङ शुरु गरेको छ ।

बिज्ञापन

बिहानैदेखि सुन्धारामा भेला भएका युवाले ‘सुशीला कार्की मान्दैनौँ’ भन्दै नाराबाजी गरिरहेका छन् । उनीहरूलाई सेनाले माइकिङ गरेर धैर्य बस्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

हाजिरपछि बेपत्ता उपसचिव, कार्यालय ताला र साँचो अलपत्र

मालपोत कार्यालय चाबहिलका प्रमुख र नासुद्वारा समाचार खण्डन

हस्तान्तरणपछि PIS Portal सञ्चालनमा प्रदेश सरकार सक्रिय, ३५ दिनमै १०.६ प्रतिशतले वृद्धि

चार बर्ष जागिर अवधि छँदै शाखा अधिकृतबाट राजीनामा,एमालेको केन्द्रीय सदस्यमा निर्वाचित

पौने चार करोड बैंक जमानत लिएर रवि लामिछानेलाई छाड्न आदेश

कारागार प्रमुख,इञ्जिनियर,नासु र सहलेखापालविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रिपरिषद् बैठक बस्दै

प्राकृतिक संरक्षण कोषको सदस्य सचिवमा सुवेदी

बिशेष