काठमाडौंका नदी किनार नक्कली सुकुम्बासीको कब्जामा, यी हुन पहिचान भएका ४५ हुकुम्बासी

उपत्यकाका नदी किनार कब्जा गरेर सुकुम्बासीको नाममा ‘नक्कली’ सुकुम्बासीहरुले फाइदा लिँदै आएको एउटा सरकारी अध्ययनले देखाएको छ । पहाड तथा उपत्याकामै रोपनीका रोपनी जग्गा,घर भएर पनि झण्डै चार दर्जन व्यक्तिहरुले थापाथली नदी निकारमा नक्कली सुकुम्बासी बनेर बसिरहेको एउटा सरकारी अध्ययनले देखाएको हो ।
बास्तविक सुकुम्बासीहरु पीडित बनिरहँदा हुने खाने वर्गले भने सुकुम्बासीको नाममा सरकारी जग्गा कब्जा गरेर बसिरहेको भेटिएको छ ।

बिज्ञापन

यसरी नक्कली सुकम्बासी बनेर राज्यको सम्पत्तिमा रजाइ गर्नेको संख्या थापाथली किनारामा मात्रै चार दर्जन बढी रहेको भेटिएको छ । सोलुखुम्बु नेचावेतघारीका कर्णबहादुर राईका नाममा नेचावेतघारीमै किता नम्बर ४३७ मा १९२० बर्ग मिटिर क्षेत्रफल जग्गा जमिन छ तर उनी थापाथली किनारामा सुकम्बासी बनेर हुकुम चलाइरहेका छन् । यस्तै काभ्रे बुढाखानीका नारायणबहादुर मगरका नाममा काभ्रेको नासिकास्थान र बूढाखानीमा गरी पाँच ठाउँमा जग्गा जमिन रहेको भेटिएको छ । सो जग्गा जमिन विक्री गरेर उनी सुकुम्बासी बनेर थापाथली नदी किनारामा बस्न आइपुगेका छन् । यस्तै धादिङ महादेवस्थान ७ का समरसिंह प्रजाका नाममा सोही स्थानमा पाँच फरक फरक कित्तामा जग्गा जमिन रहेको र अंशवण्डा पछि सुकुम्बासी बन्न थापाथली आइपुगेको भेटिन्छ ।

बिज्ञापन

यस्तै धिमाल ७ मकवानपुरका मिनकुमार राना मगर, वाङथली ५ काभ्रेका विष्णु उप्रेती समेत नक्कली सुकुम्बासी हुन । विसहरिया ७ सप्तरीका भागवत रामका नाममा सोही स्थानमा रोपनी बढी जग्गा जमिन भए पनि उनी नक्कली सुकुम्बासी बनेर लाभ लिइरहेका छन् ।

यस्तै पर्सा दवाड ४ महोत्तरीका केदार महतो पनि नक्कली सुकुम्बासी हुन । टोडेनी लमजुङकी शकुन्तला भारतीको नाममा काठमाडौं सौखेल सात ग मा रहेको कित्ता नम्बर ३०४ मा फैलिएको २ आना २ पैसा जग्गा जमिन रहेको भेटिन्छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले नागरिकता नम्बर र नागरिकतामा भएको नाम सर्च गर्न वित्तिकै देशभर उसको र उसको परिवारको नाममा कति जग्गा छ भनेर सजिलैसँग पत्ता लाग्ने गरी सिस्टम बनाएको छ । त्यही सिस्टमको प्रयोग गर्दै उपत्याका विकास प्राधिरकणले बास्तविक सुकुम्बासी हो या होइन भनेर खोज्दा सुकम्बासीका नाममा हुकम्बासीहरुले मोज गरिरहेको भेटिएको हो । यस्तै माटी ८ दोलखाकी दिलमाया खत्री केसीको नाममा सोही स्थानमा कित्ता नम्बर ७५१,७५२,८३०,८४१,८५१ र ८५५ गरी पाँच पाँच ठाउँमा जग्गा जमिन रहेको देखिन्छ । उनी पनि नक्कली सुकुम्बासी बनेर मस्ति गर्नेमा पर्देछिन् ।

बिज्ञापन

धर्मपुर रौतहटका कैलासवती देवी,भक्तपुर दधिकोट ५ ख को कित्ता नम्बर ८८० मा ४ आना १ पैसा २ दाम जग्गा जमिन भएका धनवाङ ४ सल्यानका झगेन्द्र बहादुर बुढा पनि नक्कली सुकुम्बासी बनेर तर मार्नेमा पर्दछन् । यस्तै ललितपुर १३ की कृष्णा प्यारी तण्डुकारको नाममा भिमढुङ्गा ८ ग को कित्ता नम्बर ३३५ मा ६ आना १ पैसा जग्गा रहेको भेटिन्छ । उनीझैं चैनपुर ४ चितवनकी दुर्गा खड्काको नाममा रहेको ज्यामिरे ७ ग कित्ता नम्बर ९७ मा ७ आना जग्गा रहेकोमा हाल नामसारी भएको विवरण भेटिएको छ । यस्तै,हल्देकालिकाका ४ नुवाकोटकी सुन्तली राईको नाममा ४ आना २ पैसा,बेलकोट ८ नुवाकोटका बुधे तामाङ पनि नक्कली सुकम्बासी रहेको अध्ययनले देखाएको छ ।
काठमाडौंको बालाजु ९ ख को कित्ता नम्बर १२९४ मा ७९ दशमलव ४८ बर्ग मिटर जग्गा भएको कमलामाई २ सिन्धुलीका डम्बरबहादुर बञ्जन पनि सुकुम्बासी बनेर लाभ उठाउनेमा पर्दछन् । यस्तै काठमाडौं कलकीका चेतमाया श्रेष्ठ,ललितपुर लेलेमा जग्गा जमिन भएका सूर्यबहादुर सिलवाल,ललितपुर लामाटारमा जग्गा जमिन रहेकी सीता पौड्याल,मकवानपुर घियाल २ का सिन्धुलीमा विभिन्न ८ कित्तामा जग्गा जमिन रहेका चन्द्रबहादुर योञ्जन,मकवानपुर पदमपोखरीका राजु खनाल,चितवनको रामपुर र काठमाडौंको बालुवामा जग्गा जमिन जमिन जोडेर पछि बेचेका कैलाश खड्का पनि नक्कली सुकुम्बासी बनेर तर मारिरहेका छन् ।

यस्तै चितवन पञ्चकन्यामा जग्गा रहेकी डाडागाउँ ३ रसुवाकी कान्छी माया गुरूङ पनि नक्कली सुकुम्बासी रहेको एउटा सरकारी अध्ययनले देखाएको छ ।
यस्तै थाक्रे ७ धादिङका माईला तामाङ,गागल ६ रामेछापको ललिमाया श्रेष्ठ,गणेशस्थान ५ काभ्रेकी मिना कोइराला,मातिम खोटाङका टेकबहादुर दर्जी,फाखेल मकवानपुरका श्याम परियार,पाँचखाल काभ्रेका दिनेशमान श्रेष्ठ पनि नक्कली सुकुम्बासी हुन्।

काठमाडौंकै रूपमुनी ढुंगाना, टिस्टुङ र चित्लाङमा जमिन भएकी पवित्रा माया मगर्नी काठमाडौंकी सुकुम्बासी हुन्। यस्का अलवा स्याम्बा ४ तनहुँका हिरा थापा,धुस्कुन २ सिन्धुपाल्चोककी सरस्वती बस्नेत,कपन १ काठमाडौंकी सिता चालिसे,मध्य नेपाल नगरपालिका ९ लम्जुङका पदमराज खड्का,गागल ७ रामेछापको सुकमाया श्रेष्ठले चितवनको विरेन्द्रनगर,काठमाडौं सतुंगल,काठमाडौंको इचगुनारायण,भक्तपुर दधिकोटको जग्गा जमिन बेचेर सुकुम्बासी बनन आइपुगेका हुन । यस्तै सिस्नेरी ७ ओखलढुङ्गाका यज्ञबहादुर थापा मगर,बुढाखानी ७ काभ्रेका सोनाम सिं मोक्तान लगायतका चार दर्जन नक्कली सुकम्बासीको पहिचान गरेको छ । यस्तै काठमाडौं चुनिखेलमा जग्गा भेटिएका विजय महर्जन र बारा निजगढमा जग्गा जमिन भएका सन्देश लामा पनि नक्कली सुकुम्बासी बनेर लाभ उठाउनेमा पर्दछन् ।

माथि उल्लेखित नक्कली सुकुम्बासीहरुको कसैको पहाड त केहीको काठमाडौंभित्र करोडौं पर्ने जग्गा जमिन र घर भएको भेटिएको छ ।

भूमि सम्बन्धी ऐन २०२१ का अनुसार भूमिहीन सुकुम्बासी भन्नाले ‘नेपाल राज्यभित्र आफ्नो वा आफ्नो परिवारको स्वामित्वमा जग्गा जमिन नभएको र आफ्नो वा आफ्नो परिवारको आय आर्जन, स्रोत वा प्रयासबाट जग्गाको प्रबन्ध गर्न असमर्थ व्यक्ति र निजप्रति आश्रित परिवारका सदस्य’ भन्ने उल्लेख छ । यो परिभाषाको क्षेत्रभित्र नपर्ने सबै व्यक्ति तथा परिवार सुकुम्बासी तथा भूमिहीन होइनन् ।

यसरी नक्कली सुकुम्बासी बनेर थापाथली स्थित बागमती किनारामा बसोबास गर्दै आएका सुकुम्बासी मध्ये ४५ परिवारको अन्य ठाउँमा घर जग्गा तथा बैक खाता रहेको पाइएको हो ।

थापाथली स्थित वागमती किनारामा घर टहरा बनाइ सुकुम्बासीको नाममा अहिले ३ सय ९२ परिवार बसोबास गर्दै आएको छ ।

नेपाल सरकारका पूर्व सचिव शारदाप्रसाद त्रिताल भूमाफियाका कारण नै काठमाडौंमा नक्कली सुकुम्बासी खडा भएको दाबी गर्छन्। “भूमाफियाले नक्कली सुकुम्बासी खडा गरी सरकारी जग्गा हडप्ने रणनीति अपनाएका कारण शहरी क्षेत्रमा सुकुम्बासीको संख्या बढ्दै गएको बताउँदै त्यसका लागि वास्तविक सुकुम्बासी छानबिन गर्नुपर्ने उनी बताउँछन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

१२ सहसचिव र एक उपसचिवको सरुवा,१२ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी

बिशेष