सामान्यमा रैथाने कर्मचारीहरुको रजगज, १३ बर्षसम्म एकै कार्यालयमा

लाइन मिनिष्ट्री मानिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयभित्रै एक तिहाई कर्मचारी निजामती ऐन विपरित कार्यरत छन् । कर्मचारी संगठन,माथिसम्मकै पहुँच,पावरका भरमा जरा गाँढेर बसेका ती रैथाने कर्मचारीलाई न त अरु मन्त्री सचिवले चलाउने हिम्मत गरे ।न त यस्तो आँट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले गर्न सकेकी छिन् ।

बिज्ञापन

मन्त्री भए पछि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य पारेको दावी गरे पनि सो सरुवामा कतिसम्म मनपरी देखिएको छ भने उपसचिवलाई समेत शाखा अधिकृत बनाएर खटाइएको छ भने केही शाखा अधिकृतहरु पालिकाको जिम्मेवारी सम्हालेको साता दिनमै भकुण्डो बनाइएको छ । दृष्ट्रिविहिन महिला उपसचिवमाथि सामान्य मानवता समेत नदेखाइ दोलखाको भिमेश्वर नगरपालिकामा खटाइएको भेटिएसँगै मन्त्री न्यौपानेको अहिले तिव्र आलोचना भइरहेको छ,कर्मचारी वृत्तमा । एक जना शाखा अधिकृतलाई १५ दिन अगाडि एउटा पालिकाबाट तानेर अहिले त्यही पालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको समेत भेटिएको छ ।

बिज्ञापन

मन्त्री न्यौपानले २ वर्षभन्दा बढी मन्त्रालय वा अन्तर्गत कार्यरत, उपत्यका केन्द्रित कार्यालयमै सीमित, स्थानीय तहमा काम नगरेका, प्रदेशमा कामकाजका लागि खटिएका तथा फाजिल वा अतिरिक्त समूहमा रहेका कर्मचारीलाई प्राथमिकतामा राखेर स्थानीय तहमा खटाइएको दावी गरिहँदा मूल अर्थात मन्त्रालयमै जरा गाडेर बसेको,रैथाने उपसचिव,शाखा अधिकृत,नासु तहका कर्मचारीहरुलाई छुने हिम्मत देखाउन सकिनन्,न्यौपानेले ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा १ सय ९ भन्दा बढी कर्मचारी कार्यरत छन् । तीमध्ये एक तिहाइ बढी कर्मचारीहरु दुई बर्षभन्दा लामो समयदेखि मन्त्रालयमै छन् । त्यही मन्त्रालयमा सुव्वा तहमा नियुक्ति खाएकाहरु अहिले उपसचिव भइसकेका छन् । जागिर खाएको २७ बर्ष सिंहदरबार छाडेर बाहिर जानु नपरेका उपसचिव पनि त्यही छन्, १३ बर्षदेखि सो मन्त्रालय छाडेर दायाँ बायाँ हुनु परेको छैन ।

बिज्ञापन

मन्त्रालय स्रोतहरुका अनुसार,उपसचिव तुल्सी भट्टराई सात बर्षदेखि सोही मन्त्रालयमा कार्यरत छन् । उनी शाखा अधिकृत हुँदादेखि सामान्य छोडेर दायाँ बायाँ हुनु परेको छैन । यस्तै उपसचिव रेशमलाल कँडेल ११ बर्षदेखि सोही मन्त्रालयमा छन् । योजना अनुगमन शाखा हेर्दै आएका जनकराज शर्मा १३ बर्षदेखि सामान्यको गेट छाडेर बाहिर जानु परेको छैन । अहिले वातावरण तथा विपद् समन्वय शाखाका हाकिम रहेका मोहन घिमिरे तीन बर्षदेखि सामान्य प्रशासन मन्त्रालयमा छन् । यस्तैविकास सहायता समन्वय शाखामा सारिएका महेन्द्र सापकोटा ११ बर्षदेखि सोही मन्त्रालयका रैथाने उपसचिवका रुपमा चिन्छन्,कर्मचारीहरु । बढुवा शाखा हेर्दै आएका उपसचिव अश्विन कुमार पोखरेल चार बर्षदेखि त्यही छन् । यस्तै तिर्थ पौडेल र खिलराज राईहरु सामान्यमा भित्रिएको दुई बर्ष भयो । अर्को खेलाडी रुपनारायण खतिवडा पाँच बर्ष बितिसकेको छ सामान्यमा बसेर रजगज गरिरहेका छन् ।

यस्तै शाखा अधिकृतहरु हरि प्रसाद पौडेल सात बर्ष,पवन गुप्ता ३ बर्ष,दिपेश कट्टेल ५ बर्षदेखि त्यही छन् । प्रज्ञा ढकाल,प्रकाश पन्थीहरु दुई बर्षभन्दा बढी भयो सामान्यमा जागिर खान थालेको संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा हेर्ने सुदिप सापकोटा चार बर्षदेखि हरिप्रसाद दाहाल ३ बर्ष बढी भइसकेको छ । यस अघि सोही मन्त्रालयमा एमाले निकट कर्मचारी संगठनको अध्यक्ष चलाएका लेखनाथ भट्टराई ११ बर्षभन्दा बढी समय भयो,सामान्यको गेट छोडेर अन्यन्त्र जानु परेको छैन । उनी भोला पोखरेल अध्यक्ष हुँदा उनी केन्द्रीय सदस्य थिए ।
यस्का अलवा खगेन्द्र पौडेल पाँच बर्ष,गौरव पन्थी चार बर्षदेखि त्यही छन् । गोविन्द केसी,द्रोण निरौलाहरु पाँच बर्षभन्दा लामो समयदेखि त्यही छन् । जयराम उप्रेती चार बर्ष,सन्तोष खत्री पाँच बर्ष, चन्द्र सिंह श्रेष्ठ पाँच बर्ष बितिसकेको छ । गंगा बहादुर थापा ८ र गौरव पन्थीहरु ११ बर्षदेखि त्यही छन् । अविलाल राई ५ बर्ष देखि त्यही छन् । यस्तै राजप्रसाद सेवाबाट आएका अक्कल महर्जनहरु कर्मचारी समायोजन हुँदादेखि सोही मन्त्रालयमै छन ।

कर्मचारीका नेता हुन नासु रामचन्द्र अधिकारी (आरसी) । एमालेका हरेक मन्त्रीका दाहिने हात बनेर कर्मचारी सरुवामा खेल्दै आएका उनी त्यहाँका रैथाने हुन । अहिले सामान्य प्रशासनको आन्तरिक व्यवस्थापन शाखामा कार्यरत छन् । पछिल्ला ११ बर्षमा दर्जन मन्त्री,सचिव,सहसचिवहरु हेरफेर भइसकेका छन् तर उनलाई सिंहदरबारको कम्पाउण्ड छाडेर बाहिर जानुपरेको छैन ।

निजामती सेवा ऐनले एउटा कर्मचारी दुई÷ दुई बर्षमा सरुवा हुनुपर्दछ भन्दछ,। कतिपय सहसचिवहरु ४ महिनामै भकुण्डो बनाइन्छन् । उपसचिवहरु समय नपुग्दै सरुवामा पर्दछन् तर एक यी सुव्वादेखि उपसचिव तहका कर्मचारीहरु मन्त्रालयमा कस्को प्रतापले टिकिरहेका होलान ? उनीझैं तेजनारायण पौडेल पाँच बर्षदेखि,रिना महर्जन ७ बर्षदेखि त्यही कार्यरत रहेका छन् । पुष्प रेग्मी पाँच बर्ष,नारायण बस्नेत १० बर्षदेखि मन्त्रालय छाडेर बाहिर जानु परेको छैन । गोविन्द फुँयाल ७ बर्षदेखि त्यही छन् । फुँयाल सहसचिव ऋृषि आचार्यको आफन्त हुन ।

जबकी निजामती सेवा ऐनमा बढीमा २ बर्षसम्म एउटै कार्यालयमा बस्न मिल्न पाउने व्यवस्था गरेको छ । यसरी ऐनको व्यवस्था विपरित एउटै कार्यालयमा एक दशकभन्दा बढी समयसम्म राख्ने जिम्मेवार पदाधिकारीलाई कारवाही हुनुपर्दछ कि पर्दैन ? यसरी पदको दुरुपयोग गरी एकै कार्यकालमा बर्षौसम्म बस्ने काम कतिको जायज छ ? के ती उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरोकारवाला निकाय किन निरिह ?

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अब प्रदेशमा कार्यरत अस्थायी र करार सेवाका कर्मचारीलाई मासिक पाँच हजार भत्ता

दुई सातामै फेरिए सिडियो,चितवनमा अर्याल, तिवारीलाई भोजपुर

मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, खरदार २ लाख घुससहित पक्राउ

सहकारी साधारण सभामा गैर–सदस्यको प्रवेश निषेध

एकै पटक तीन सचिव पद रिक्त,को-को छन् बढुवाको लाइनमा ?

सामान्यमा रैथाने कर्मचारीहरुको रजगज, १३ बर्षसम्म एकै कार्यालयमा

काभ्रे मालपोत कार्यालयमा अख्तियारको छापा, २ लाखसहित नासु पक्राउ

तीन सहसचिवको सरुवा १७ दिनमै बदर

बिशेष