पूर्व मेयर र निमित्त प्रमुख प्रशासकीय भ्रष्टाचार मुद्धामा तानिए

सिराहाको कर्जन्हा नगरपालिकाका पूर्वमेयर गंगा पासमान भ्रष्टाचारमा तानिएका छन् । उनीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

मुद्दा चलाइनेमा पासमानसहित तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृतहरु जगदीश मण्डल र बृद्धिमान दनुवार, लेखापाल प्रविनकुमार महतो, निर्माण व्यवसायी महालक्ष्मी -पाण्डे एण्ड कम्पनी ड्रागन जेभीका प्रतिनिधि बैजनाथ यादव छन् । उनीहरुले प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा अनियमितता गरेको अख्तियारको आरोप छ ।

बिज्ञापन

अदलतमा दायर आरोप पत्रमा उनीहरुले उच्च अदालत जनकपुर, राजविराजले प्रक्रिया पूरा नभएसम्म नगरपालिकाको कार्यालय अन्यत्र नसार्न र तोकिएको साविक कर्जन्हा गाविसको कार्यालय स्थानबाट काम गर्न भनी जारी गरेको आदेशविपरीत प्रशासनिक भवन निर्माणको ठेक्का लगाएर सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्याएको उल्लेख छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा एक करोड आठ लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ बमोजिम कैद र जरिवाना गर्न मागदाबी गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जन्तीबाख्रो सार्वजनिक

प्रधानमन्त्री ओलीको रोजाईका महामहिम वलीका कार्यशैलीप्रति थाइ नेपाली असन्तुष्ट

उत्कृष्ट राष्ट्रसेवकको तक्मा-पुरस्कार थापेका कर्मचारी नै भ्रष्टाचार मुद्धामा

परराष्ट्रका २८ नायब सुब्बा अधिकृतमा बढुवा

यी हुन शाखा अधिकृतमा बढुवा सिफारिस भएका ३५ कर्मचारी

१५ शाखा अधिकृत उपसचिवमा बढुवा

सचिव बढूवाको लाइनमा रहेका अर्काे सहसचिव पनि निलम्बित

एकै पटक २१ वटा सरकारी कार्यालयबाट तलब बुझ्ने पत्रकार अख्तियारको फन्दामा

बिशेष