पूर्व मेयर र निमित्त प्रमुख प्रशासकीय भ्रष्टाचार मुद्धामा तानिए

सिराहाको कर्जन्हा नगरपालिकाका पूर्वमेयर गंगा पासमान भ्रष्टाचारमा तानिएका छन् । उनीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

मुद्दा चलाइनेमा पासमानसहित तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृतहरु जगदीश मण्डल र बृद्धिमान दनुवार, लेखापाल प्रविनकुमार महतो, निर्माण व्यवसायी महालक्ष्मी -पाण्डे एण्ड कम्पनी ड्रागन जेभीका प्रतिनिधि बैजनाथ यादव छन् । उनीहरुले प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा अनियमितता गरेको अख्तियारको आरोप छ ।

बिज्ञापन

अदलतमा दायर आरोप पत्रमा उनीहरुले उच्च अदालत जनकपुर, राजविराजले प्रक्रिया पूरा नभएसम्म नगरपालिकाको कार्यालय अन्यत्र नसार्न र तोकिएको साविक कर्जन्हा गाविसको कार्यालय स्थानबाट काम गर्न भनी जारी गरेको आदेशविपरीत प्रशासनिक भवन निर्माणको ठेक्का लगाएर सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्याएको उल्लेख छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा एक करोड आठ लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ बमोजिम कैद र जरिवाना गर्न मागदाबी गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा

डिजिटल युगमा अभिव्यक्ति स्वतन्त्रता, उत्तरदायित्व र सभ्यताको नैतिक परीक्षा

ओएनएममै अलमल

करार सेवाका हजारौं कर्मचारी हटाइँदै, आउट सोर्सिङमा भर्ना गर्ने गृहकार्य

निजामती कर्मचारीको कार्यसम्पादनमा आधारित मूल्यांकन अनिवार्य

११२ शाखा अधिकृतको सरुवा : ३१ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

पाँच सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण

न्यायाधीश र सैनिक अधिकारीबाहेकको सम्पत्ति छानबिन नरोकिने

बिशेष