निजामती विधेयकमा विधायन समितिमा दफावार छलफल हुँदै,१७ भदौंभित्र पारित होला ?

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा आज संघीय निजामती सेवा विधेयक २०८० माथि दफावार छलफल हुने भएको छ ।अहिले बिहान ११ बजे बस्ने बैठकमा संघीय निजामती सेवा विद्येयकमाथि छलफल हुन लागेको हो ।

बिज्ञापन

गत साउन ६ गते बसेको राष्ट्रिय सभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । त्यसलाई सभाले स्वीकृत गरेको थियो ।

बिज्ञापन

सो विद्येयकमा सहसचिवमा खुला प्रतिस्पर्धा खुला गर्नुपर्ने बिषयमा छलफल भएको छ । सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुने गरी विधेयक अगाडि बढाउन समितिका सदस्यहरूको मत छ । यस्तै नासु तहमा खुला प्रतिस्पर्धा राख्नुपर्ने समितिका सदस्यहरुको मत रहेको छ भने अतिरिक्त सचिवको पदावधि तोक्नुपर्नेमा समितिका बहुमत सदस्यहरुले धारणा राखेका छन् ।
यस्तै कुलिङ अफ पिरियडका बिषयमा सत्ताधारी दलका सांसदहरु बीच नै फरक फरक मत रहेको छ । राष्ट्रियसभामा नेकपा एमालेका सांसदहरू गोपाल भट्टराई, इन्दिरा देवी गौतम, रुक्मिणी कोइराला, सुमित्रा बिसी र सोनाम गेल्जेन शेर्पाले कुलिङ पिरियड सम्बन्धी प्रावधान रहेको दफा झिक्नुपर्ने भनेर संशोधन हालेका छन् ।

राष्ट्रिय सभामा पुग्दा संघीय निजामती सेवा विधेयकमा १६ समूहमा ४३ जना सांसदले संशोधन प्रस्ताव राखेका छन् । त्यसमाथि आजको विधायन व्यवस्थापन समितिको बैठकमा छलफल गर्ने तयारी छ । आजै राज्य व्यवस्था सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक समेत बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ ।
सो समितिको सभापतिमा सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भइसकेकी छन् । उनी सभापति भएको आज औपचारिक घोषणा हुनेछ ।

बिज्ञापन

निजामती सेवा विधेयक अबको साता दिनभित्र पारित गर्नुपर्ने दवावमा छ राष्ट्रियसभा ।किनभने, प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पुगेको विधेयक राष्ट्रियसभाले प्राप्त भएको दुई महिनाभित्र पारित गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । गत असार १५ मा सो विद्येयक राष्ट्रियसभामा पुगेका कारण १७ गते भित्र विधेयक पारित गरिसक्नुपर्ने अन्यथा निस्क्रिय हुने स्थिति रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारी वेबसाइटबाट प्रवक्ता र सूचना अधिकारी वेपत्ता

महिला मन्त्रीबाटै लखेटिए महिला कर्मचारी

प्रधानमन्त्रीले प्रेम राईलाई ‘नत्र राम्रो हुँदैन’ भनेर थर्काएपछि समातिए राहदानी विभागका महानिर्देशक

चलचित्र भागदौड यहि असार २६ गते प्रदर्शनमा आउने

प्रमुख भन्सार अधिकृतसहित १३ कर्मचारी एकै पटक निलम्बित

खाजा – खानामै पालिकाले खर्चियो ८० लाख,इ रिक्सा अनुगमनमा सात लाख

‘मेरिट’को आश्वासन, पूराना सत्ताबाट लाभ लिएकाहरुकै गज्जबको दौडधूप

तल्ला तहका कर्मचारीलाई स्पष्टीकरणदेखि निलम्बन,सहसचिवलाई संरक्षण

बिशेष