भूमि व्यवस्था मन्त्रालयले नापीका उपसचिवहरुको सरुवाको सूची निकाल्दै छ । यही भदौं दोश्रो साता पछि मन्त्रालयले नापीका उपसचिवहरुको सरुवा गर्ने तयारी गर्दैछ ।मोटो रकम खर्च गरेर विवादित र बदनाम उपसचिवहरुलाई उपत्याका भित्र्याउने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्री बलराम अधिकारी र उनका सचिवालयलाई लाखौं भेटी कोसेली चढाउन सक्ने उपसचिवहरुलाई मात्र उपत्याका भित्र्याउने चलखेल भइरहेकोप्रति केही उपसचिवहरुले आपत्ति प्रकट गरेका छन् ।विगतमा स्टिङ अप्रेसनमा परेका,विचौलियासँग हिमचिम भएका र कमजोर कार्यसम्पादन भएका केही विवादित उपसचिवहरुलाई उपत्याकाको नापी कार्यालय प्रमुख बनाएर सरुवा गर्ने तयारी भइरहेको मन्त्रालय स्रोतहरुले जनाएको छ ।
बिज्ञापन
अहिले नापीका उपसचिवहरुको दरबन्दी ६० जना रहेको छ । जसमा ३१ जिल्लामा उपसचिव तहको कार्यालय प्रमुखका रुपमा कार्यरत छन् भने विभागमा २३,तालिम केन्द्रमा ४,मन्त्रालयमा २ जना रहेका छन् । यीमध्ये केही विवादित र बदनाम उपसचिवहरुलाई उपत्याका भित्र्याउन लागिएको हो । काठमाडौं,ललितपुर र भक्तपुरभित्र नापीका ९ कार्यालयहरु छन् । त्यहाँ भित्रनका दमक,जनकपुर र विभागमा कार्यरत रहेका केही उपसचिवहरुको राम्रै जोडबल चलिरहेको छ । यसरी उपत्याकाका कार्यालय ताक्ने उपसचिवहरुमा शत्रुधन यादव,उमेश कुमार साह र दिनेश काफ्ले लगायत रहेका छन् ।
बिज्ञापन
हाल दमकको प्रमुख रहेका शत्रुधन यादवको कार्यासम्पादन अन्त्यन्त कमजोर रहे पनि उनलाई उपत्याकाको कुनै नापी कार्यालयको प्रमुख बनाउन चलखेल भइरहेको छ । यस अघि नै ललितपुर ताकेर त्यहाँ भित्रन असफल भएका अर्काे विवादित उमेश कुमार साह फेरि ललितपुर भित्रन जोडबल गर्दैछन् । विगतमा लितपुरकै प्रमुख हुँदा अख्तियारको स्टिङ अप्रेसनमा परेका उनी ललितपुर वा उपत्याकाभित्रको कुनै कार्यालयमा जानका लागि जति पनि रकम खर्च गर्न तयार छन् । हाल जनकपुरको कार्यालय प्रमुख छन्,उमेश ।यस्तै,अर्काे विवादित पात्र दिनेश काफ्ले अहिले विभागमा छन् । विचौलिया सुजन लामाका खास मानिन्छ,काफ्लेलाई । उनी अघि पोखरा नापी प्रमुख भएर बसिसकेका व्यक्ति । तिनै विचौलिया सुजनले नै हो यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको जागिर खाएका । उनै सुजनको मन्त्री बलराम अधिकारीसँग समेत घनिष्ट सम्बन्ध रहेका कारण उनी उपत्याकाको कुनै नापी कार्यालय प्रमुख हुने प्रवल सम्भवना रहेको मन्त्रालयका
कर्मचारीहरु बताउँछन् । नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य भइसकेका व्यक्ति भएको हुँदा काँग्रेसी कोटाबाट उपत्याका छिर्न बल गरिरहेका
बिज्ञापन
छन् ।यो सरुवामा ठूलै आर्थिक चलखेल हुन लागेको कर्मचारी प्रेसका सम्पर्कमा आएका कर्मचारीहरु बताउँछन् । उपत्याकाको एउटा कार्यालय प्रमुख भएर भित्रनका लागि कम्तिमा ५० लाखसम्म खर्च गर्नुपर्ने स्थिति छ । सो भन्दा कम रकम बुझाएर उपत्याका भित्रने सक्ने सम्भवना रहेन,ती उपसचिवहरुको भनाइ छ । त्यस्तै उपत्यका छिर्नको लागि ठूलो लविङ गरिरहेका छन्।जनक भन्डारी । कुनै हाल मन्त्रीको जिल्ला कपिलवस्तुको प्रमुख नापी अधिकृत भएर काम गरिरहेका छन्। त्यही सोर्सफोर्स लगाएर लगनखेल जानको लागि ठूलो कसरत गरिरहेका छन्। त्यस्तै विभागमा दरबन्दी राखेर पाल्पामा खटिएका पूर्ण पाण्डे जुम्लेली हुन् । उनी पनि उपत्यका छिर्नको लागि दौडधुप गरिरहेका छन् ।
सुदर्शन सिंह धामी अहिले विभागमा छन् यस अगाडि उनी भक्तपुर कार्यालय चलाइसकेका व्यक्ति हुन् त्यस्तै हुने चाबहिल नापी अधिकृत भएर काम गरिसकेका व्यक्ति उनी पनि उपत्यका कार्यालय छिर्नका लागि कसरत गरिरहेका छन् । सुनिल आनन्द हाल झापामा छन् उनलाई तुलनात्मक इमान्दारका रुपमा गनिन्छ उनी पनि उपत्यका छिर्नका लागि दौडधुप गरिरहेका छन्। त्यस्तै अर्का व्यक्ति हुन्। मणिप्रसाद रेग्मी उनी हाल विभागमा भएपनि यसअगाडि आकर्षक मानिने चाबहिल धनगढी र चितवन जस्ता अड्डाहरू चलाइसकेका छन् । शिवप्रसाद लम्साल। हाल विभागमा कार्यरत छन्। यसअगाडि उनले डिल्लीबजार कार्यालय प्रमुख भएर चलाइसकेका व्यक्ति हुन्। उनी विवादरहित र सिनियर पनि हुन् । प्रदीप कुमार श्रेष्ठ हाल तनहुमा कार्यरत छन्। उनी पनि उपत्यका चिर्नको लागि लबिङ गरिरहेका छन् ।
त्यस्तै अर्का व्यक्ति हुन् अजित कुँवर। हाल विभागको सबैभन्दा महत्त्वपूर्ण मानिने शाखा भूउपयोग शाखामा छन्। उनी लामो समय भैरवामा बसिसकेका कर्मचारी हुन् । त्यस्तै खिम राना हाल हेटौडामा कार्यरत छन्। उनी यसअगाडि कलंकी कार्यालय प्रमुख भएर चलाइसकेका व्यक्ति हुन् उनी पनि उपत्यका छिर्नको लागि लागि परेका छन्।