विवादित उपसचिवहरु उपत्यका छिर्न लाखौंको चलखेल,विवादमा तानिदैं मन्त्री अधिकारी

भूमि व्यवस्था मन्त्रालयले नापीका उपसचिवहरुको सरुवाको सूची निकाल्दै छ । यही भदौं दोश्रो साता पछि मन्त्रालयले नापीका उपसचिवहरुको सरुवा गर्ने तयारी गर्दैछ ।

बिज्ञापन

मोटो रकम खर्च गरेर विवादित र बदनाम उपसचिवहरुलाई उपत्याका भित्र्याउने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्री बलराम अधिकारी र उनका सचिवालयलाई लाखौं भेटी कोसेली चढाउन सक्ने उपसचिवहरुलाई मात्र उपत्याका भित्र्याउने चलखेल भइरहेकोप्रति केही उपसचिवहरुले आपत्ति प्रकट गरेका छन् ।विगतमा स्टिङ अप्रेसनमा परेका,विचौलियासँग हिमचिम भएका र कमजोर कार्यसम्पादन भएका केही विवादित उपसचिवहरुलाई उपत्याकाको नापी कार्यालय प्रमुख बनाएर सरुवा गर्ने तयारी भइरहेको मन्त्रालय स्रोतहरुले जनाएको छ ।

बिज्ञापन

अहिले नापीका उपसचिवहरुको दरबन्दी ६० जना रहेको छ । जसमा ३१ जिल्लामा उपसचिव तहको कार्यालय प्रमुखका रुपमा कार्यरत छन् भने विभागमा २३,तालिम केन्द्रमा ४,मन्त्रालयमा २ जना रहेका छन् । यीमध्ये केही विवादित र बदनाम उपसचिवहरुलाई उपत्याका भित्र्याउन लागिएको हो ।

काठमाडौं,ललितपुर र भक्तपुरभित्र नापीका ९ कार्यालयहरु छन् । त्यहाँ भित्रनका दमक,जनकपुर र विभागमा कार्यरत रहेका केही उपसचिवहरुको राम्रै जोडबल चलिरहेको छ । यसरी उपत्याकाका कार्यालय ताक्ने उपसचिवहरुमा शत्रुधन यादव,उमेश कुमार साह र दिनेश काफ्ले लगायत रहेका छन् ।

बिज्ञापन

हाल दमकको प्रमुख रहेका शत्रुधन यादवको कार्यासम्पादन अन्त्यन्त कमजोर रहे पनि उनलाई उपत्याकाको कुनै नापी कार्यालयको प्रमुख बनाउन चलखेल भइरहेको छ । यस अघि नै ललितपुर ताकेर त्यहाँ भित्रन असफल भएका अर्काे विवादित उमेश कुमार साह फेरि ललितपुर भित्रन जोडबल गर्दैछन् । विगतमा लितपुरकै प्रमुख हुँदा अख्तियारको स्टिङ अप्रेसनमा परेका उनी ललितपुर वा उपत्याकाभित्रको कुनै कार्यालयमा जानका लागि जति पनि रकम खर्च गर्न तयार छन् । हाल जनकपुरको कार्यालय प्रमुख छन्,उमेश ।

यस्तै,अर्काे विवादित पात्र दिनेश काफ्ले अहिले विभागमा छन् । विचौलिया सुजन लामाका खास मानिन्छ,काफ्लेलाई । उनी अघि पोखरा नापी प्रमुख भएर बसिसकेका व्यक्ति । तिनै विचौलिया सुजनले नै हो यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको जागिर खाएका । उनै सुजनको मन्त्री बलराम अधिकारीसँग समेत घनिष्ट सम्बन्ध रहेका कारण उनी उपत्याकाको कुनै नापी कार्यालय प्रमुख हुने प्रवल सम्भवना रहेको मन्त्रालयका कर्मचारीहरु बताउँछन् । नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य भइसकेका व्यक्ति भएको हुँदा काँग्रेसी कोटाबाट उपत्याका छिर्न बल गरिरहेका छन् ।
यो सरुवामा ठूलै आर्थिक चलखेल हुन लागेको कर्मचारी प्रेसका सम्पर्कमा आएका कर्मचारीहरु बताउँछन् । उपत्याकाको एउटा कार्यालय प्रमुख भएर भित्रनका लागि कम्तिमा ५० लाखसम्म खर्च गर्नुपर्ने स्थिति छ । सो भन्दा कम रकम बुझाएर उपत्याका भित्रने सक्ने सम्भवना रहेन,ती उपसचिवहरुको भनाइ छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उपत्यकाको ९ पालिका प्रमुखसहित ३५ उपसचिवको सरुवा

३५ उपसचिवको सरुवा : मन्त्रालयको सचिवालय हाबी भएको आरोप, सचिवलाई नै गुमराहामा राखिएको दाबी

अनलाइन सरुवा प्रणाली : रैथाने कर्मचारी चलाउने हिम्मत गरेन,अपाङ्ग कर्मचारीलाई पठायो स्थानीय तह

इन्जिनियर,लेखा अधिकृत र सब इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यी सचिव,जस्लाई प्रदेश झर्नु परेन

उद्योगमा तामाङ, प्रधानमन्त्री कार्यालय पुगे दुवाडी

सचिवको घुस काण्ड छानबिन गर्न उपसचिवको संयोजकत्वमा समिति

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

बिशेष