बाटैबाट फिर्ता भए २० प्रमुख प्रशासकीय अधिकृत

हाकिम माग्दै जनप्रतिनिधिहरू मन्त्रालयतिर धाइरहेका छन् अनि खटाइएका अधिकृतहरू हाजिर गर्नै दिइएन, आधा बाटोबाटै फर्काइयो भन्दै त्यहीँ ताँती लागिरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै फ्रेस अफिसर ४४ लाई अध्यागमनमा खटाउँदा २० भन्दा बढी बाटैबाट फर्किएका छन् ।

बिज्ञापन

लोकसेवा भिडेर नाम निकालेका, स्थानीय तहलाई केन्द्रित गरेर तालिम र प्रशिक्षण पनि लिएका कर्मचारीमा ज्ञानको अभाव छैन भन्दै दुई दर्जन पालिकाले फिर्ता गराउन थालेपछि सामान्यको टाउको दुखाई हुने नै भयो । यसरी जनप्रतिनिधिले हाजिर हुन नदिएका ती महिला अफिसरलाई कर्मचारी थन्काउने अड्डाका रूपमा परिचित जिल्ला समन्वय समितिमा लगिएको छ ।

बिज्ञापन

महिना दिनअघि मन्त्रालयले ३९ औं व्याचका ११४ शाखा अधिकृतको पदस्थापन गरेकोमा ४५ जना गृहतिर पुगेका थिए, तीमध्ये ४४ ले अध्यागमन अधिकृतका रूपमा काम सम्हालिसकेका छन् । बाँकी ७० जनालाई प्रमुख प्रशासकीय अधिकृत बनाएर गाउँपालिकामा खटाइएको थियो । तिनैमध्येका २० जना बाटैबाट फिर्ता पठाइएका हुन्, जसमा १२ महिला छन्– जलजला गाउँपालिकाबाट सिर्जना पौडेल, तारकेश्वर गाउँपालिकाबाट सन्ध्या पाण्डे, साकेला गाउँपालिका खोटाङबाट अञ्जली भण्डारी, खानीखोला गाउँपालिकाबाट ज्योति देवकोटा, विदाही गाउँपालिकाबाट सुमिता मरासिनी, लिखु गाउँपालिकाबाट यशोदा थापा, किस्पाङबाट प्रभा आले, आमचोकबाट बन्दना सुवेदी, दिप्रुङ्ग चुइचुम्माबाट सुमिता राई, मौवाखालाबाट शशी लिङ्गदेन, मायादेवी कपिलवस्तुबाट कालिका तिमिल्सिना लम्साल, हरिहरपुरगढीबाट दीपशिखा आलेलगायत ।

यसमा १० पुरुष पनि छन् । यसरी बाटोबाटै फिर्ता भएका १२ महिलामध्ये सन्ध्या अख्तियार पुगेकी छन् भने बाँकी ११ लाई जिल्ला समन्वय र पुरुष अधिकृतलाई सामान्य प्रशासनको बरण्डातिर तानिएको छ । साजन अधिकारीलाई गोलन्जोर गाउँपालिकातिर खटाइएकोमा हाजिर हुन नदिइएपछि जिसस दोलखा पुर्‍याइएको छ । जलजला गाउँपालिकाबाट फिर्ता भएकी सृजना पौडेल जिसस स्याङ्जा पुगेकी छन् । हरिहरपुरगढी गाउँपालिकाको निम्ति नियुक्त दिपशिखा आले जिसस रसुवा गइन् । यस्तै मौवाखोला नपुग्दै फिर्ता भएकी शशी लिङ्देन पाँचथर जिसस, सुमिता राई खोटाङ जिसस, बन्दना सुवेदी तेह्रथुम, प्रभा आले ताप्लेजुङ, यशोदा थापा गोरखा, सुमिता मरासिनी नवलपरासी, ज्योति देवकोटा धादिङ, छकलाल आले कपिलवस्तु, अञ्जली भट्टराई नुवाकोट र सिस्नेबाट फिर्ता भएका रेवत बुढाथोकी, महेश श्रेष्ठ, बबईमा हाजिर हुन नपाएका चेतनारायण कँडेल र तामाकोशी गाउँपालिकामा खटाइएका नवीन गङतानलाई सामान्यमै थन्क्याइएको छ । यादव राउतलाई सन्दकपुरबाट सामान्यमै थुपारिएको छ । यस्तै सरोज रेग्मी रावाबेशीबाट लोकसेवा आयोग पुगेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारी वेबसाइटबाट प्रवक्ता र सूचना अधिकारी वेपत्ता

महिला मन्त्रीबाटै लखेटिए महिला कर्मचारी

प्रधानमन्त्रीले प्रेम राईलाई ‘नत्र राम्रो हुँदैन’ भनेर थर्काएपछि समातिए राहदानी विभागका महानिर्देशक

चलचित्र भागदौड यहि असार २६ गते प्रदर्शनमा आउने

प्रमुख भन्सार अधिकृतसहित १३ कर्मचारी एकै पटक निलम्बित

खाजा – खानामै पालिकाले खर्चियो ८० लाख,इ रिक्सा अनुगमनमा सात लाख

‘मेरिट’को आश्वासन, पूराना सत्ताबाट लाभ लिएकाहरुकै गज्जबको दौडधूप

तल्ला तहका कर्मचारीलाई स्पष्टीकरणदेखि निलम्बन,सहसचिवलाई संरक्षण

बिशेष