स्थानीय तहका १०७ कर्मचारी पाँचौं तहमा बढुवा

कोशी प्रदेशमा विभिन्न स्थानीय तहमा कार्यरत रहेका १०७ जना कर्मचारीहरु पाँचौं तहमा बढुवा भएका छन् ।

बिज्ञापन

चौध वटा जिल्ला सो प्रदेशमा एक महानगरपालिका,दुई उपमहानगरपालिका, नगरपालिका ४६ र गाउँपालिका ८८ वटा गरी १३७ वटा स्थानीय तह छन् । यिनै स्थानीय तहमा कार्यरत रहेका कर्मचारीहरु पाँचौ तहमा बढुवा भएका हुन । प्रदेश लोक सेवा आयोग बढुवा सूचना अनुसार स्थानीय सरकारी सेवाको रिक्त हुन पुगेका पाँचौं  तहको इञ्जिनियरिङ सेवा,सिभिल समूहका ती कर्मचारीहरुको बढुवा गरिएको मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,कोशी प्रदेशले जनाएको छ ।

बिज्ञापन

बढुवाको सूची अनुसार इटहरी उपमहानरपालिकामा कार्यरत विनोद दाहाल,खिसजदेम्बा गाउँपालिकामा कार्यरत अनुपराज बस्नेत,सोलुदूधकुण्ड नपामा कार्यरत आङदेण्डी शेर्पा र पासाङ डोमा शेर्पा,फुङलिङ नगरपालिकामा कार्यरत रहेका हेमराज विष्ट र चन्द्र प्रसाद साँवा बढुवा भएका छन् । यस्तै फत्तालुङ गाउँपालिकाका दावा शेर्पा,सोताङ गापामा कार्यरत रहेका पसि शेर्पा,मोलुङ गापामा कार्यरत रहेका पवित्रा सुनुवार,महाकुलुङ गापामा कार्यरत पूर्णिमा श्रेष्ठ लगायत रहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन जगेडामा रहेका ३६ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

यी ६ कारणले स्थगित भयो उपसचिवको परीक्षा

उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित

‘घुस्याहा अड्डा’बाट सरुवा भएका दुई मालपोत प्रमुख पुगे प्रशासकीय अदालत

नवौं तहका १६ कर्मचारीहरुको सरुवा,फेरिए यातायात र उद्योग कार्यालयका प्रमुखहरु

करार सेवाका कर्मचारीलाई बोक्ने स्थायीलाई छेक्ने,सचिवज्यू, यही हो त सुशासन ?

इपीएस परीक्षा पास गरेकाहरुको पक्षमा श्रम मन्त्रालयले गर्‍यो यस्तो निर्णय

“घर… एक सपना” अब DishHomeGO OTT एपमा, भोलिबाट सुरु स्ट्रिमिङ

बिशेष