आइएमई मोटर्सलाई अन्तर्राष्ट्रिय स्तरको उच्च सम्मान : अशोक लेल्यान्डको ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ प्राप्त

नेपाली अटोमोबाइल क्षेत्रका लागि गर्वको क्षणसहित, आइएमई मोटर्सले ‘अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५’ मा इन्टरनेशनल अपरेसन क्याटेगोरी अन्तर्गत ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ जितेको छ।

बिज्ञापन

दश वर्षदेखि अशोक लेल्यान्डसँगको सफल साझेदारीमा संलग्न आइएमई मोटर्सका लागि यो अवार्ड एक महत्वपूर्ण उपलब्धिको रूपमा आएको हो। उत्कृष्ट सेवा, प्राविधिक दक्षता र ग्राहक सन्तुष्टिका मापदण्डमा आइएमई मोटर्सले पुर्‍याएको योगदानलाई यो सम्मानले अन्तर्राष्ट्रिय स्तरमै पुष्टि गरेको छ।

बिज्ञापन

सर्भिस प्रमुख मित्र कुमार श्रेष्ठले यो अवार्ड प्रत्येक टेक्निसियन र सर्भिस टिम सदस्यको निरन्तर समर्पणको नतिजा भएको भन्दै भविष्यमा पनि उत्कृष्टताको निरन्तरता कायम राख्ने प्रतिबद्धता जनाए।

कार्यकारी निर्देशक निशान ढकालले भने, “यो सम्मानले आइएमई मोटर्सको सेवा प्रतिबद्धता थप मजबुत बनाएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा सुधारमा हामी अझ प्रेरित भएका छौं।”

बिज्ञापन

अशोक लेल्यान्ड नेपालका सर्भिस म्यानेजर अनुप कुमार स्वाईनले १० वर्षे सहकार्यको सफल यात्रामा यो सम्मानले साझेदारीको सुदृढीकरण र ग्राहकलाई प्रदान गरिने अनुभवमा सकारात्मक प्रभाव पारेको बताए।

प्रत्येक वर्ष आयोजना हुने अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्समा विश्वभरका साझेदारहरूलाई नवप्रवर्तन, सञ्चालन दक्षता र समग्र योगदानका आधारमा सम्मान गरिन्छ। यसपटक आइएमई मोटर्सले पाएको यो पुरस्कार केवल संस्थाको मात्र नभई सम्पूर्ण नेपाली अटो उद्योगको पनि गौरवको विषय बनेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

नेपाललाई डिजिटल पथमा डोर्याउने ‘कहाँ’को योजना : स्मार्ट डोर बेलदेखि डिजिटल हाजिरीसम्म

अख्तियारको राडारमा तत्कालीन मन्त्री,सचिव,सह सचिवदेखि मन्त्रीका स्वकीयसम्म

मन्त्रिपरिषद् बिस्तार हुँदै,को को हुँदैछन् नयाँ मन्त्री ?

‘छिटो निर्णय, परिणाममुखी कार्यान्वयन’ : यस्ता छन् महानिर्देशक जैसीको ६ महिने कार्यप्रगति

स-परिवारसहित सुटुक्क अमेरिका किन पुगे धुर्मुस ?

बढुवा खान सुगमबाट दुर्गममा खरिदार र सुब्बाहरु खटाइसकेपछि तीन महिना सरुवा स्थगन

स्थायी सेवाका कम्युटर अपरेटर ‘जोकर फाल्तु’,करारकै कर्मचारीको उल्टो रजगज

बिशेष