आइएमई मोटर्सलाई अन्तर्राष्ट्रिय स्तरको उच्च सम्मान : अशोक लेल्यान्डको ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ प्राप्त

नेपाली अटोमोबाइल क्षेत्रका लागि गर्वको क्षणसहित, आइएमई मोटर्सले ‘अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५’ मा इन्टरनेशनल अपरेसन क्याटेगोरी अन्तर्गत ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ जितेको छ।

बिज्ञापन

दश वर्षदेखि अशोक लेल्यान्डसँगको सफल साझेदारीमा संलग्न आइएमई मोटर्सका लागि यो अवार्ड एक महत्वपूर्ण उपलब्धिको रूपमा आएको हो। उत्कृष्ट सेवा, प्राविधिक दक्षता र ग्राहक सन्तुष्टिका मापदण्डमा आइएमई मोटर्सले पुर्‍याएको योगदानलाई यो सम्मानले अन्तर्राष्ट्रिय स्तरमै पुष्टि गरेको छ।

बिज्ञापन

सर्भिस प्रमुख मित्र कुमार श्रेष्ठले यो अवार्ड प्रत्येक टेक्निसियन र सर्भिस टिम सदस्यको निरन्तर समर्पणको नतिजा भएको भन्दै भविष्यमा पनि उत्कृष्टताको निरन्तरता कायम राख्ने प्रतिबद्धता जनाए।

कार्यकारी निर्देशक निशान ढकालले भने, “यो सम्मानले आइएमई मोटर्सको सेवा प्रतिबद्धता थप मजबुत बनाएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा सुधारमा हामी अझ प्रेरित भएका छौं।”

बिज्ञापन

अशोक लेल्यान्ड नेपालका सर्भिस म्यानेजर अनुप कुमार स्वाईनले १० वर्षे सहकार्यको सफल यात्रामा यो सम्मानले साझेदारीको सुदृढीकरण र ग्राहकलाई प्रदान गरिने अनुभवमा सकारात्मक प्रभाव पारेको बताए।

प्रत्येक वर्ष आयोजना हुने अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्समा विश्वभरका साझेदारहरूलाई नवप्रवर्तन, सञ्चालन दक्षता र समग्र योगदानका आधारमा सम्मान गरिन्छ। यसपटक आइएमई मोटर्सले पाएको यो पुरस्कार केवल संस्थाको मात्र नभई सम्पूर्ण नेपाली अटो उद्योगको पनि गौरवको विषय बनेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सात सचिव रिक्त,चार महिनादेखि बढुवा ठप्प हुँदा मारमा बरिष्ठ सहसचिवहरु

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

बिशेष