एमाले खुवाउने,माओवादीका खाने

एक जना उपसचिवमा के त्यस्तो अद्भूत कला छ र विचौलियाहरु आधा करोड खन्याउन तयार हुन्छन्,उस्का लागि ? दुई मन्त्री,हालै गठबन्धनबाट बाहिरिएकी अर्काे पूर्व मन्त्रीदेखि सचिवसम्म जोडिएको जोडिएको घुस प्रकरणको प्रंसग हो यो ।

बिज्ञापन

पोखराका एक चर्चित जग्गा कारोवारीले मन्त्री राजकुमार गुप्ता,पूर्व भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठदेखि वर्तमान भूमि व्यवस्था मन्त्री बलराम अधिकारीसम्मलाई आधा करोड लगानी गरेर एक उपसचिव सरुवा गराउन खोेजेको यही अडियो प्रमाणका कारण राजकुमार गुप्ता मन्त्री बनेको ठ्याक्कै बर्ष दिन पछि कुर्सीबाट बाहिरिएर अहिले टंगाल धाइरहेका छन् भने विचौलियाका स्वार्थमा चल्दा रञ्जिता श्रेष्ठ पनि उही नियति भोगिरहेकी छिन् ।

बिज्ञापन

यसरी विचौलियाले हाल लमजुङ्ग मालपोतबाट कास्की लैजान चाहेका मालपोत प्रमुख (उपसचिव) हुन रामचन्द्र अधिकारी,जो ६ महिना अगाडिमात्र कास्कीबाट लमजुङ्ग पुगेका हुन । उनै हाकिमलाई कास्की फर्काउनका लागि विचौलिया ५३ लाख लगानी गर्न तत्पर भएका हुन । भूमि मन्त्रालयका उच्च अधिकारीहरुका अनुसार,जग्गा प्रशासन बुझेका कर्मचारीले यस्तो फाइलमा कलमै चोप्दैनन्,त्यही कारण जग्गाको ‘ज’ पनि नबुझेका हाकिम भएकै कारण आफ्नो काम फत्य गर्न सजिलो हुने हुँदा जति पनि रकम पेल्न तयार भएका हुन, विचौलिया लामाको समूह । रामचन्द्र अधिकारी यस अघि कास्की मालपोतमै कार्यरत थिए, दुई वर्षभन्दा बढी । उनी कास्की मालपोत प्रमुख हुँदा छायाँ कार्यालय प्रमुखका रुपमा कार्यरत रहें,सुजन लामा । लामा अखिल पृष्टभूमिका हुन । केही अघि एमालेको गण्डकी प्रदेश सदस्य भएका,अहिले आदिवासी जनजाति महासंघका प्रदेश महासचिवको भूमिकामा छन् । राजनीतिमा जहाँ,जे भए पनि उनी नामुद जग्गा दलाल हुन । मालपोत तथा नापी कार्यालयका अधिकारीहरूले जनआस्थालाई बताए अनुसार,पछिल्लो समय कास्कीमा छुट जग्गा दर्ताका नाममा सार्वजनिक जग्गा दर्ता गर्ने काममा उनको सक्रियता छ । उनकै विश्वास गर्दा कास्कीमा सयौं सर्वसाधरणको रुवावासी गराएका छन् ।
हाम्रा सम्पर्कमा आएका केही पीडितहरुका अनुसार कतिपय रोडमा पुगेका छन्,घटीमा १०/२० लाख देखि १२ करोडसम्म फसेको छ,स्थानीयहरुको । रामचन्द्र कार्यालय प्रमुख हुँदा २४ सैं घण्टा मालपोतमा अड्डा जमाएर बस्दथें,सुजन । जसै अधिकारीलाई लमजुङ सरुवा गराएर त्यहाँ चिरञ्जिवी पौडेललाई लगियो,सुजनको खेतीपाती सुक्यो । गत असोज ६ गतेकै निर्णयबाट लमजुङ्ग सरुवा भएका थिए अधिकारी । आफ्नो अवधि नपुगी सरुवा गरिएको भन्दै रामचन्द्र अदालत पुग्छन्,उनै विचौलियाको जोडबलमा । अदालतले स्टे अर्डर नदिएपछि पुस २६ देखि उनी चिरञ्जिवी कास्की मालपोतमा हाजिर भएका हुन ।

अब प्रश्न उठ्छ,एक उपसचिवका लागि ५३ लाख बिटो फाल्न किन तयार छन्,विचौलिया ? कारण हो – त्यहाँ भाट, राणा, शाह हुँदै थकालीहरूका नाममा रहेको कास्कीको बाटुले चौर (मेहन्द्र गुफा नजिकै) मा रहेको १३५ रोपनी क्षेत्रफलको लिची बगैँचा । सो जग्गा ०१५ सालताका राणा परिवारको स्वामित्वमा थियो । ०१६ मा बिर्ता उन्मूलन भएपछि जग्गालाई लालपुर्जा लिएर, तिरो तिरेर रैकर बनाउनुपथ्र्यो । तर, त्यसो नगरी जग्गा किनबेच चल्यो । व्यक्तिहरूले जग्गाको लिखत नै पास गरे । ०३२ मा जसले जग्गामा हकभोग गरिरहेको थियो, उनैले नापी गरेर आ–आफ्नो नाममा दर्ता गरेर किनबेच, अंशबन्डासमेत गरेको देखिन्छ । ०५९ सालमा पुनः नापी हुँदा पुर्जा हुनेले हालसाबिक गरेर लगे । यसैगरी चल्दै गयो । ०८० मा दुर्गादेवी शाह परिवार खलकका चारजनाले उक्त जग्गामा आफ्नो हक दाबी गर्दै मालपोत कार्यालयमा निवेदन दिए । सोही जग्गामा उनै बिचौलिया लामा छिरेका हुन । हकभोग अर्कैले गरिसकेको छ, फिल्ड बुकमा शाह परिवारको नाम छैन, तिरो तिरेको रसिद पनि छैन, अदालतले क्षेत्रफल पनि यकिन गरेको छै्रन । त्यस्तो जग्गामा उनै विचौलिया छिरेर हकदार खडा गरेर व्यक्तिको नाममा बनाउने प्रयास भइरहेको छ । बिचौलिया सुजन लामाकै सक्रियतामा हकदार खडा गरी मालपोत कार्यालयमा निवेदन बुझाइएको स्रोतहरुको भनाइ छ । यस्का अलवा त्यही कास्कीको पृथ्वीनारायण क्याम्पसको २ सय २, काउडाँडाको ३० रोपनी र गोपालजी गुठीलगायतको जग्गाको काम समेत फत्ये गराउन आधा करोड लगानी गरेर उपसचिव लैजान तयार भएका हुन विचौलिया । जग्गा प्रशासन बुझेका कुनै पनि कर्मचारीमात्र होइन,स्वयं विचौलियालाई नै त्यो कुर्सीमा लगेर राखे पनि यो काम हुँनै सक्दैन भन्छन्, जानकारहरु ।

बिज्ञापन

यसरी यी विवादित जग्गाको काममा वर्तमान मालपोत प्रमुखबाट कलम नचोप्ने देखे पछि कास्की मालपोतबाट सरुवा भएर अहिले लमजुङ्ग पुगेका हाकिम रामचन्द्र अधिकारीलाई फिर्ता ल्याउन मन्त्री क्वार्टर पुगेका हुन,विचौलिया । जानकारहरुका अनुसार,रामचन्द्र कास्की भरतपोखरीका स्थानीय हुन । उनी जग्गा प्रशासन बुझेका कर्मचारी होइनन् । उनी टाइपिष्टबाट निजामती सेवामा प्रवेश गरे । ६४ सालमा २४ ‘घ’ अर्थात पानी बढूवा अधिकृत हुँदै हाल उनी उपसचिव पदमा कार्यरत रहेका छन । यस अघि पर्वतमा गाविस सचिव चलाएका उनी । केही समय माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनमा आवद्ध रहे । यस अघि भूमि आयोग कास्कीको पदेन सदस्य हुँदा सुकुम्बासी नभएका व्यक्तिलाई समेत नक्कली सुकुम्बासी बनाएर जग्गा दिएको उजुरी अख्तियारमा विचराधिन छ । कतिसम्म भने उनका दाजुभाईसँग समेत राम्रो सम्बन्ध छैन । दाजु भाइसँग अंश मुद्धा समेत अदलातमा विचराधिन छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारी वेबसाइटबाट प्रवक्ता र सूचना अधिकारी वेपत्ता

महिला मन्त्रीबाटै लखेटिए महिला कर्मचारी

प्रधानमन्त्रीले प्रेम राईलाई ‘नत्र राम्रो हुँदैन’ भनेर थर्काएपछि समातिए राहदानी विभागका महानिर्देशक

चलचित्र भागदौड यहि असार २६ गते प्रदर्शनमा आउने

प्रमुख भन्सार अधिकृतसहित १३ कर्मचारी एकै पटक निलम्बित

खाजा – खानामै पालिकाले खर्चियो ८० लाख,इ रिक्सा अनुगमनमा सात लाख

‘मेरिट’को आश्वासन, पूराना सत्ताबाट लाभ लिएकाहरुकै गज्जबको दौडधूप

तल्ला तहका कर्मचारीलाई स्पष्टीकरणदेखि निलम्बन,सहसचिवलाई संरक्षण

बिशेष