४ महिना १७ दिनमै निलम्बनमा परे ओझा,प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव पोखरेललाई

अर्थ मन्त्राालयका सहसचिव सेवन्तक पोखरेललाई विमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ । गत फागुन १२ को मन्त्रिपरिषद्को निर्णयबाट वीमा प्राधिकरणको अध्यक्ष बनेका शरद ओझाले नियुक्त हुँदा पेस गरेका कागजात, योग्यता र कार्यशैलीबारे छानबिनका लागि पूर्वन्यायाधीश कृष्ण गरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएसँगै ओझा स्वत निलम्बनमा परेका छन् ।
सो छानबिन समितिमा कपिल वली र जीवनप्रकाश सिटौला सदस्य रहेका छन् । बिमा ऐनको दफा १२ को व्यवस्थाअनुसार सरकारले छानबिन समिति गठन गरेको हो ।

बिज्ञापन

छानबिन समिति गठन भएपछि छानबिनको अवधि समाप्त नभएसम्मका त्यस्तो व्यक्ति स्वतः निलम्बन हुने व्यवस्था अनुसार ओझा स्वत निलम्बनमा परेका हुन । छानबिन समितिको कार्यकाल बढीमा तीन महिनाको हुने व्यवस्था ऐनमा छ ।

बिज्ञापन

ओझा १२ फागुन २०८१ को मन्त्रिपरिषद् बैठकबाट ४ वर्षका लागि प्राधिकरण अध्यक्षमा नियुक्त भएका थिए । ओझाको योग्यता र अनुभवसम्बन्धी कागजात शंकास्पद देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठदेखि अनुसन्धान थालिरहेको छ उनले फर्जी कागजात पेश गरेर अध्यक्ष नियुक्ति भएको आरोप लागेको छ । उक्त आरोपको विषयमा सर्वोच्च अदालतमा पनि मुद्दा चलिरहेको छ । अग्राधिकारमा रहेको उक्त मुद्दा आउँदो मसिरमा पेशी तोकिएको छ । त्यसैले, ओझाको नियुक्तिमा सक्रिय भूमिका खेलेका भट्ट र अग्रवालको समूहलाई चोट परेको छ ।ओझा शंकर समूहका शुलभ अग्रवालसहितको टोलीको प्रयासमा बीमा समितिमा नियुक्त भएका थिए । चार महिना १७ दिनमै निलम्बनमा परेका छन्,ओझा ।

हिजो बसेको क्याविनेटले अर्काे व्यवस्था नभएसम्मका लागि पोखरेललाई वीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको हो । उनी हाल मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुखको जिम्मेवारीमा छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

बिशेष