घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइयो

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली झापाबाट फर्किएलगत्तै गुप्तालाई छलफलका लागि बालुवाटार तानिएको स्रोतले जनाएको छ।

बिज्ञापन

गुप्ता पछिल्लो समय एक अडियो प्रकरणका कारण विवादमा तानिएका छन्। सार्वजनिक अडियोमा उनी घुसको रकमको लेनदेनमा संलग्न रहेको आशंका गरिएको छ। अडियोका अनुसार यो घटनाक्रम करिब ६ महिना अघि, पुस महिनातिर भएको हो। तर, अडियो हालै मात्र बाहिरिएको हो, जसले अहिले राजनीतिमा तरंग ल्याएको छ।

बिज्ञापन

उक्त प्रकरण संघीय संसदसम्म प्रवेश गरिसकेको छ। संसदमा प्रतिपक्षी दलहरुले मन्त्री गुप्ताको राजीनामा माग्दै सरकारको जवाफदेहीता माग गरेका छन्।

यसैबीच, प्रधानमन्त्री ओलीले यो विषयमा गम्भीर ध्यान दिँदै मन्त्री गुप्ताको भूमिकाबारे आवश्यक निर्णय गर्नुपर्ने अवस्थामा पुगेको संकेत दिएका छन्। स्रोतका अनुसार, प्रधानमन्त्री ‘एक्सन मोड’मा छन्।

बिज्ञापन

मन्त्री गुप्ताले भने पार्टीको निर्देशनमा आफू छानबिनका लागि तयार रहेको प्रतिक्रिया दिएका छन्। ‘पार्टीले छानबिन गरे म मार्गप्रशस्त गर्न तयार छु,’ गुप्ताले संक्षिप्त भनाइमा उल्लेख गरेका छन्।

यता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अडियो टेप, घुसको आशय झल्किने डायरी पृष्ठ र त्यसमा उल्लेख गरिएको मोबाइल नम्बरलगायत सामग्री संकलन गरिसकेको छ। उजुरी दर्ता भएपछि मात्रै अडियो सार्वजनिक गरिएको स्रोत बताउँछ।

अब बालुवाटारको मौनता कतिबेला निर्णयमा बदलिन्छ भन्ने चासो तीव्र बनेको छ। कर्मचारी प्रसले पटक पटक समाचार प्रकाशन गरेको थियो ।

तीन महिनामै मालपोत प्रमुख परिवर्तन गर्न विचौलियाको दौडधूप

मन्त्रीको घुस काण्डको अडियो लिक

एक उपसचिव सरुवा गर्न ५३ लाखको डिल,विवादमा मुछिए ओली सरकारका दुई मन्त्री

भूमि मन्त्रालय कस्ले चलाउँछ ?

प्रतिनिधि सभामा पुग्यो सामान्य प्रशासन मन्त्रीको ७८ लाख घुस डिल प्रकरण

राजनीतिक संकटमा गुप्ता : अडियोकाण्डपछि हटाइने तयारी

ती गोकुल,यी राजकुमार

मन्त्री गुप्ताविरुद्ध घुस लिएको आरोपमा अख्तियारमा उजुरी, प्रमाणसहित कारबाहीको माग

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६ सहसचिवको सरुवा,४ जनालाई खटाइयो उपमहानगरपालिका

परिवर्तनको पर्खाइमा कर्मचारीतन्त्र

अख्तियार कार्यालयकै पछाडिबाट २० हजार घुससहित रंगेहात समातिए सई

रुदैं गिरफ्तारी दिएका सह सचिव हाजिरी जमानीमा छुटे

अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

विचौलिया भट्ट कालोसूचीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीबाटै ग्राहकको खाताबाट करोडौं रकम गायब

सरकारी अस्पतालको यथार्थ बुझ्न मन्त्रीलाई डा. मल्लको सुझाव: ‘पहिले सेवाग्राही बनेर अनुभव गर्नुस्’

बिशेष