बिज्ञापन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि मन्त्री बलराम अधिकारी समेत जोडिएको घुस डिल प्रकरणको बिषय प्रतिनिधि सभामा प्रवेश पाएको छ ।
बिज्ञापन
मालपोतको कार्यालयका तत्कालीन प्रमुखको सरुवा रोक्न र भूमि आयोग कास्कीका उपाध्यक्ष बनाउन भूमिसुधार मन्त्रीसमेत जोडिएकोले ७८ लाखको ढिल प्रकरणको बिषयले आज प्रतिनिधि सभा बैठकमा प्रवेश पाएको हो ।
आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रेखा शर्मा,माओवादी सांसद दुर्गा राईदेखि पूर्व मन्त्री सुमना श्रेष्ठसम्मले यो बिषयमा छानबिन गर्न माग गरेका हुन ।
बिज्ञापन
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व मन्त्री रेखा शर्माले कपा माओवादी केन्द्रले कर्मचारी सरुवामा मन्त्रीबाटै घुस डिल भइरहेको भनेर आएका समाचारको विषयमा सरकारको जवाफ मागेको छ ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यू र भूमि व्यवस्थामन्त्रीले कर्मचारी सरुवामा ७८ लाख डिल गरेको भन्ने समाचारहरू बाहिर आइरहेका छन् । यो विषयमा के भएको हो ? सम्मानीय प्रधानमन्त्रीज्यूलाई संसद्मा जानकारी गराउन अनुरोध गर्न चाहान्छु सभामुख मार्फत् ।’ यसको छानबिन गरेर दोषी जोसुकै होस् उसमाथि कडाभन्दा कडा कारबाही गरियोस् भनेर माग पनि उनले गरिन् । ‘अन्यथा सरकारको एक वर्षको उपलब्धि यही हुनेछ भन्ने कुरा पनि राख्न चाहान्छु,’ शर्माले भनिन् ।
यस्तै, माओवादी केन्द्रकी सांसद दुर्गा राईले ‘घुस डिलको विषयमा सार्वजनिक समाचार प्रशारण भइरहँदा चुप लागेर बस्ने हो ? मन्त्रीजीको घुस डिल बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन्य ? यस्तो प्रकारका मन्त्रीहरूले नैतिकता देखाउने विषय त टाढाको बन्दै छ। प्रधानमन्त्रीले म घुस पनि लिन्नँ, अरुलाई पनि लिन दिन्नँ भन्ने। अनि लिन्न र दिन्न मात्रै भन्ने टुक्काले पुग्छ कि पुग्दैन ?
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो काण्ड छानबिन गर्न माग गरेको छ । पूर्व मन्त्री सुमना श्रेष्ठल् भनिन्,आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन, एउटा मन्त्रीले अर्को मन्त्री पोलेको छ । अडियोमा भनिएको सम्बन्धित ठाउँ भनेको कुन ठाउँ हो ? अडियोमा भनिएको बा को हुन् ?
कास्कीको मालपोत प्रमुख परिवर्तन गर्नका लागि विचौलियामार्फत चलखेल भइरहेको बिषयमा गत वैशाखमै कर्मचारी प्रेसमा समाचार प्रकाशन भएको थियो । केही अघि मन्त्री समेत जोडिएको घुस डिलको प्रकरणको अडियो बाहिरिएसँगै यो बिषयले प्रतिनिधि सभा तातेको हो ।
एक उपसचिव सरुवा गर्न ५३ लाखको डिल,विवादमा मुछिए ओली सरकारका दुई मन्त्री