मन्त्री गुप्ताविरुद्ध घुस लिएको आरोपमा अख्तियारमा उजुरी, प्रमाणसहित कारबाहीको माग

 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताविरुद्ध घुस लिएको गम्भीर आरोप लाग्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उजुरीमा मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई पदस्थापन गरिदिने आश्वासन दिँदै घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको छ।

बिज्ञापन

अख्तियारमा दर्ता गरिएको उजुरीमा उक्त रकम लिँदाको तस्बिर र नोटको सिरियल नम्बर उल्लेख गरिएको डायरीसमेत संलग्न गरिएको जनाइएको छ। साथै, मन्त्री गुप्ताले उक्तै व्यवसायीसँग भूमि आयोगको सदस्य बनाइदिने प्रलोभन देखाई २५ लाख रुपैयाँ घुस मागेको र त्यसबारेको अडियो प्रमाण समेत उजुरीदाताले आयोगमा पेश गरेका छन्।

बिज्ञापन

उक्त उजुरीमा ती प्रमाणका आधारमा मन्त्री गुप्तालाई तत्काल नियन्त्रणमा लिई भ्रष्टाचार निवारण ऐन, २०५८ बमोजिम कारबाही प्रक्रिया अघि बढाउन माग गरिएको छ।

यसअघि सार्वजनिक भएको एक अडियोक्लिपमा मन्त्री गुप्ता र एक घरजग्गा व्यवसायीबीचको कुराकानीमा उल्लेखित रकमको विषयमा स्पष्ट चर्चा गरिएको पाइन्छ। सो विषयले राजनीतिक वृत्तमा तरंग उत्पन्न गरेको छ।

बिज्ञापन

अख्तियारले यस विषयमा प्रारम्भिक अनुसन्धान सुरु गरेको वा नगरेको भन्नेबारे हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

यस प्रकरणमा मन्त्री गुप्ताले भने यसअघि सार्वजनिक भएका अडियो तथा आरोपहरू आफूलाई फसाउनका लागि बनाइएको षड्यन्त्र रहेको भन्दै खण्डन गर्दै आएका छन्। तर उजुरीदाताले भने प्रमाणसहितको उजुरी भएकाले निष्पक्ष अनुसन्धान गरिनु पर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष