राजनीतिक संकटमा गुप्ता : अडियोकाण्डपछि हटाइने तयारी

 संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको नाम जोडिएको अडियोकाण्ड सार्वजनिक भएपछि उनको मन्त्री पद धरापमा परेको छ। अडियोमा मन्त्री गुप्ता र एक बिचौलियाबीच कास्की जिल्ला भूमि आयोगको अध्यक्ष नियुक्ति तथा मालपोत कार्यालयको सरुवासम्बन्धी घुस डिल भएको कुराकानी सुनिन्छ।

बिज्ञापन

उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमण सकिएपछि गुप्ताको पदबारे औपचारिक निर्णय लिइनेछ। ‘प्रधानमन्त्री पूर्वतिर भ्रमणमा हुँदा यस्तो प्रकरण बाहिर आयो, उहाँ फर्किएपछि निर्णय लिने तयारी छ,’ स्रोतले भन्यो।

बिज्ञापन

स्रोतका अनुसार गुप्तालाई स्वेच्छाले राजीनामा गर्न लगाउने अथवा बर्खास्त गर्ने विकल्पमा छलफल भइरहेको छ। ‘राजीनामा दिलाउने विकल्प प्राथमिकता हो, नभए बर्खास्त गर्नुपर्छ,’ स्रोतले भन्यो।

सार्वजनिक अडियोमा भूमि आयोग कास्कीका जिल्ला अध्यक्ष नियुक्तिका लागि गुप्ताले बिचौलियासँग आर्थिक लेनदेनको कुरा गरिरहेको सुनिन्छ। मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवाका लागि ५३ लाख घुस डिल भएको पनि अडियामै उल्लेख छ।

बिज्ञापन

तर, अडियोमा नाम लिइएको व्यक्ति अन्ततः भूमि आयोगको जिल्ला अध्यक्ष बन्न सकेनन्। एमालेको जिल्ला तथा प्रदेश तहका नेताहरूको असहमतिका कारण प्रस्तावित व्यक्ति नियुक्ति हुन नसकेको बुझिन्छ।

अर्का मन्त्रीसमेत विवादमा, तर निर्णय ढिलाइ

उक्त अडियोमा मन्त्री गुप्ताले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि समेत घुस लिएको आरोप लगाएका छन्। तर स्रोतका अनुसार अधिकारीमाथि भने तत्काल कुनै कारबाहीको तयारी छैन। ‘गुप्ताले भनेकै भरमा अर्को मन्त्रीमाथि तुरुन्त कारबाही गर्ने स्थिति छैन,’ स्रोतले भन्यो।

गुप्तामाथिको अडियोकाण्डले ओली नेतृत्वको मन्त्रिपरिषद्लाई नै विवादमा ल्याएको छ। यो घटनाले सत्ता गठबन्धनभित्रको शक्ति सन्तुलन, आन्तरिक विवाद र राजनीतिक नियुक्तिमा हुने लेनदेनलाई पुनः सतहमा ल्याएको छ। अब प्रधानमन्त्रीको निर्णयपछि मात्रै गुप्ताको राजनीतिक भविष्य स्पष्ट हुने देखिन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष