ती गोकुल,यी राजकुमार

प्रकरण दुबै मन्त्रीको एकै हो । एक मन्त्रीले घुस काण्डको अडियो सार्वजनिक भएको २४ घण्टा नबित्दै पदबाट राजीनामा दिए । अर्काे मन्त्रीले यो प्रकरण सार्वजनिक भएको साता दिन बित्दा समेत मन्त्री पद छाड्न मानिरहेका छैनन् ।राजीनामाका लागि पार्टी अध्यक्षको निर्देशन कुरेर बसिरहेका छन् ।

बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेको बर्ष दिन पूरा भएको छ । यो बीचमा भीजिट भिसा काण्डदेखि कर्मचारी नियुक्तिमा ७८ करोड घुसको अडियो सार्वजनिक भएको छ । ओली सरकारका दुई मन्त्रीहरु ७८ लाख घुस प्रकरणमा मुछिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासहित भूमि मन्त्री बलराम अधिकारी समेत घुस प्रकरणमा मुछिएका छन् । मन्त्री गुप्ताले नै अर्काे मन्त्री अधिकारीलाई यो प्रकरणमा मुछेका छन् । मालपोतको कार्यालय प्रमुख परिवर्तन गर्न ५३ लाख र भूमि आयोगको अध्यक्ष नियुक्तिका लागि २५ गरी ७८ लाख घुस प्रकरणको अडियो सार्वजनिक भएसँगै मन्त्री राजुकमार गुप्तासँगै अर्काे मन्त्री बलराम अधिकारी समेत विवादमा तानिएका छन् ।

बिज्ञापन

गत पुसमा नै भएको यो प्रकरणको अडियो,पैसाको बिटोसहित अख्तियारमा उजुरी परेको छ । आयोगमा मन्त्री र विचौलियाबीच भएको कुराकानीको अडियो, घुसबापत दिइएको नोटमा उल्लेख गरिएको नम्बरसहितको डायरी बुझाइएको छ। १० असारमा गुप्ताविरुद्ध अख्तियारमा उजुरी परेको थियो । आयोगमा उजुरी परेपछि मात्रै अडियो सार्वजनिक गरिएको हो।

मन्त्री गुप्तामाथि छानबिन हुनुपर्ने र उनले राजीनामा दिनुपर्ने आवाज संघीय संसद्मा समेत प्रवेश पाइसकेको छ।गुप्ताले विचौलियाले आफ्नो क्वार्टरमा ल्याएर पैसाको पोको छोडेको स्वीकारेका छन् यद्यपि उनले राजीनामा दिएर मार्गप्रशष्त गर्न चाहेका छैनन बरु पार्टीको निर्देशन कुरेर बसिरहेका छन । गुप्ताले भनेका छन्,छानबिनका लागि पार्टीले मार्ग प्रशस्त गर्नु भनेर पार्टीले निर्देशन दिन्छ भने तयार छु । उनले पनि गृहमन्त्री रमेश लेखकले झैं जबाफ दिएका छन्, हरेक व्यक्तिमाथि प्रश्न उठ्दै जाने र राजीनामा गर्दै जाने परिपाटी पनि राम्रो त होइन ।

बिज्ञापन

यस अघि ६ बर्ष अघि तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटासमेत यस्तै घुस डिलमा मुछिएका थिए । ८ फागुन २०७६ मा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले घूसको मोलमोलाइ गरेको अडियो सार्वजनिक भएको २४ घण्टाभित्रै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा लिएका थिए ।

मन्त्री बाँस्कोटाले ७० करोडको लेनदेनका लागि गरेको कुराकानीको अडियो टेप सार्वजनिक भएको थियो । मन्त्री बास्कोटा र स्वीस कम्पनीका स्थानीय एजेन्ट विजय प्रकाश मिश्र शर्माबीच ७० करोडको डिल सार्वजनिक भए लगतै मन्त्री वास्कोटाले पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष