लेखा अधिकृतसँग ६ करोड अवैद्य सम्पत्ति,पत्नीलाई समेत प्रतिवादी बनाएर मुद्धा दायर

एक जना लेखा अधिकृतसँग ६ करोड अवैद्य सम्पत्ति देखिएको भन्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

०५४ साल माघ ८ गतेदेखि निजामती सेवामा प्रवेश गरी ०८० मङ्सिर १० गतेसम्मको अवधिमा तलब, भत्ता, सापटी, कृषि आय, जग्गा बिक्रीबाटको आयलगायतबाट ३ करोड ३९ लाख वैद्य आर्जन गरेको भए पनि सो अवधिमा घरजग्गा खरिद, निर्माण र परिवारका नाममा विभिन्न बैंक खातामा रहेको रकम तथा अन्य खर्च हेर्दा ९ करोड ६६ लाख रुपैयाँ खर्च भएको देखिएको अख्तियारले जनाएको छ । जाँच अवधिमा ६ करोड बढी सम्पत्तिको स्रोत पुष्टि नभएपछि सार्वजनिक पदमा रहँदा पदको दुरुपयोग गरी अवैधानिक सम्पत्ति आर्जन गरेको आरोपमा उनी विरुद्ध मुद्दा दायर भएको हो ।

बिज्ञापन

हाल गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत (आठौँ तह)मा कार्यरत झलक शर्मा पौडेलविरुद्ध अख्तियारले एक महिनादेखि तीन महिनासम्मको कैद, १० हजार रुपैयाँसम्म जरिवाना र बिगो जफतको मागसहित मुद्दा दायर गरेको हो ।

अख्तियारले उनकी पत्नीलाई समेत प्रतिवादी बनाएको छ । अवैधरुपमा अर्जित सम्पत्ति शर्माले पत्नी हुमा कुमारीको नाममा राखेर सम्पत्ति विवरणमा नखुलाएको पाइएको भेटिएकाले पत्नीलाई समेत प्रतिवादी बनाएर मुद्धा दायर गरेको हो ।

बिज्ञापन

अख्तियारले लेखा अधिकृत शर्मा र उनकी पत्नी हुमा कुमारीलाई समेत प्रतिवादी बनाए भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम उक्त सम्पत्ति जफत र कैद सजायको माग गर्दै आरोप पत्र दायर गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राष्ट्रिय तथ्यांक कार्यालयले माग्यो ४ हजार ४ सय जनशक्ति

रविको कमजोर मुद्धा यथावत,गम्भीर अपराधको मुद्धा फिर्ता

१० शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

२३ बर्षमा दोश्रो पटक फुट्यो काँग्रेस : विभाजनको मूल कारक देउवा

पुरानो सत्ताको छायाँमै सहरी विकास मन्त्रालय, मन्त्री इङ्नामलाई पशुपतिको कठोर ध्यानाकर्षण

दुई सचिवको सरुवा : भौतिकमा पुडासैनी,विडारीलाई विज्ञान प्रविधि

उपसचिव,शाखा अधिकृत,लेखापालसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

पचास लाख म्यासेज पठाउने राजावादी हात्तीसारबाट पक्राउ

बिशेष