लेखा अधिकृतसँग ६ करोड अवैद्य सम्पत्ति,पत्नीलाई समेत प्रतिवादी बनाएर मुद्धा दायर

एक जना लेखा अधिकृतसँग ६ करोड अवैद्य सम्पत्ति देखिएको भन्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

०५४ साल माघ ८ गतेदेखि निजामती सेवामा प्रवेश गरी ०८० मङ्सिर १० गतेसम्मको अवधिमा तलब, भत्ता, सापटी, कृषि आय, जग्गा बिक्रीबाटको आयलगायतबाट ३ करोड ३९ लाख वैद्य आर्जन गरेको भए पनि सो अवधिमा घरजग्गा खरिद, निर्माण र परिवारका नाममा विभिन्न बैंक खातामा रहेको रकम तथा अन्य खर्च हेर्दा ९ करोड ६६ लाख रुपैयाँ खर्च भएको देखिएको अख्तियारले जनाएको छ । जाँच अवधिमा ६ करोड बढी सम्पत्तिको स्रोत पुष्टि नभएपछि सार्वजनिक पदमा रहँदा पदको दुरुपयोग गरी अवैधानिक सम्पत्ति आर्जन गरेको आरोपमा उनी विरुद्ध मुद्दा दायर भएको हो ।

बिज्ञापन

हाल गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत (आठौँ तह)मा कार्यरत झलक शर्मा पौडेलविरुद्ध अख्तियारले एक महिनादेखि तीन महिनासम्मको कैद, १० हजार रुपैयाँसम्म जरिवाना र बिगो जफतको मागसहित मुद्दा दायर गरेको हो ।

अख्तियारले उनकी पत्नीलाई समेत प्रतिवादी बनाएको छ । अवैधरुपमा अर्जित सम्पत्ति शर्माले पत्नी हुमा कुमारीको नाममा राखेर सम्पत्ति विवरणमा नखुलाएको पाइएको भेटिएकाले पत्नीलाई समेत प्रतिवादी बनाएर मुद्धा दायर गरेको हो ।

बिज्ञापन

अख्तियारले लेखा अधिकृत शर्मा र उनकी पत्नी हुमा कुमारीलाई समेत प्रतिवादी बनाए भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम उक्त सम्पत्ति जफत र कैद सजायको माग गर्दै आरोप पत्र दायर गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङमा भन्सार जाँचपासबिनै भित्रिएका ८ कन्टेनर राजस्व अनुसन्धानमा पुर्‍याइयो, एक करोड बढी राजस्व हिनामिनाको अनुमान

पाँच सचिव फाजिलमा,एउटै मन्त्रालयमा तीन सचिव

सेटिङमा धमाधम सरुवा,विवादमा मन्त्री मेहता

यस्तो छ अधिकृत(सातौं)को बढुवाको संशोधित सूची

छैटौं तहलाई सहायकस्तरमा कायम गर्ने प्रस्ताव

कर्मचारीको विदेश भ्रमणमा कडाइ

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

डीएफओ र वन अधिकृतहरुको सरुवा

बिशेष