जेष्ठ कर्मचारीको नाम काटेर जुनियरलाई अधिकृतमा बढुवा सिफारिस

बढुवा सिफारिस समितिले कर्मचारी बढुवा गर्दा जेष्ठ कर्मचारीको नाम काटेर उनीभन्दा कनिष्ट कर्मचारी बढुवा गरेको भेटिएको छ । उर्जा मन्त्रालय,इञ्जिनियरिङ सेवा,सिभिल समूह,इरिगेसन उपसमूहबाट १० जना नायब सुव्वा तहका कर्मचारीलाई अधिकृतमा बढुवा गर्दा यस्तो गडबड गरेको भेटिएको छ ।

बिज्ञापन

बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले उर्जा मन्त्रालय मातहतका १२ कर्मचारीहरुलाई अधिकृत तहमा बढूवाका लागि सिफारिस गरेको थियो । जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवाका लागि नेपाल इञ्जिनियरिङ सेवा,सिभिल समूह,इरिगेसन उपसमूहबाट नरेश माझी,जयराज भण्डारी,राजेश्वरी कुवर,कर्णबहादुर रोकाया,तारा कम्डेल,विमला बूढाथोकी,मिलन भट्टराई,बिरेन्द्र कुमार महतो,रामचन्द्र नेपाल र अमरेन्द्र कुमार मण्डलको बढुवा सिफारिस गरिएको छ । जसमा अन्तिम १० नम्बरमा रहेका अमेरेन्द्र कुमार मण्डलको बढुवा गर्दा जेष्ठ कर्मचारीको नाम काटेर कनिष्ट कर्मचारीलाई बढुवा सिफारिस गरिएको भेटिएको हो ।

बिज्ञापन

शुरुको खुला नियुक्तिलाई आधार मान्ने हो भने उनीभन्दा सिनियर छन्,साजन लावट । लावटले ०६८ साल कार्तिक २९ गते नियुक्ति लिएका छन् भने अरबिन्द्रले मंसिरको १ गते नियुक्ति लिएका अभिलेख भेटिन्छ । तर जेष्ठताका आधारमा गरिएको बढुवामा बढुवा सिफारिस समितिले साजनको नाम काटेर अरबिन्द्रलाई बढुका लागि सिफारिस गरेको भेटिएको छ ।अभिलेख हेर्दा यी दुईमध्ये को जेष्ठ भन्नेमा विवादै नरहेको सुनाउँछ,प्रशासकहरु । एकै दिनले मात्र  होइन महिनै फरक छ,नियुक्ति लिएको । अभिलेखका आधारमा साजन नै निर्विवाद   अधिकृत बढुवाका लागि सिफिारिस हुनुपर्ने सोही मन्त्रालयका कर्मचारीहरुले  कर्मचारी प्रेससँग बताएका छन्

दुबैको हाजिरी मिति एउटै भए पनि शुरुको नियुक्ति मिति साजनको अगाडि देखिन्छ,डकुमेन्टहरुमा । हाजिर भएको एकै दिन र नियुक्ति १ दिन अघि भए पछि एकदिन अघि नियुक्त भएको कर्मचारी नै जेष्ठ हुने प्रावधान छ । यससम्बन्धमा अदालका थुप्रै नजीरहरु भेटिन्छन् । तर बढुवा समितिले गडबड गरी एक दिन पछि नियुक्ति लिएका कर्मचारीलाई जेष्ठताका आधारमा बढुवा गरेको भेटिएको हो ।

बिज्ञापन

लोकसेवा आयोगका सदस्य अध्यक्ष ,उर्जा मन्त्रालयका सहसचिव  सदस्य र संघीय मामिला तथा सामान्य प्रशासन कर्मचारी सम्मिलित तीन सदस्यीय समितिले गरेको बढुवा सिफारिसमा यस्तो बदमासी भएको फेला परेको हो ।

बढुवा सिफारिस हुँदा गडबडी भएमा ३५ दिनभित्र लोकसेवा आयोगमा उजुरी दिनसक्ने प्रावधान छ । तर बढुवा सिफारिस समितिले विवादरहित ढंगले काम गर्न सकेको खण्डमा यस्ता समितिको ओज र भरोसा अझैं बढ्दथ्यो भन्दछन्,कर्मचारीहरु ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

बिशेष