पूर्व प्रशासकहरुलाई धमाधम बैंकमा नियुक्ति

पछिल्लो समय पूर्व प्रशासकहरुलाई बैंक तथा वित्त संस्थाको अध्यक्षमा नियुक्ति गर्ने प्रचलन बढेको छ । विभिन्न निजी तथा सरकारी बैंकहरुले अवकाशप्राप्त सचिव तथा सहसचिवहरुलाई बैंकको अध्यक्षको रुपमा नियुक्ति गर्ने क्रमलाई निरन्तरता दिँदै प्रभु बैंकले पूर्व सहसचिव किशोरजंग कार्कीलाई बैंकको अध्यक्षमा नियुक्ति गरेको छ ।

बिज्ञापन

०७७ वैशाखबाट निजामती सेवाबाट अनिवार्य अवकाश पाएका सहसचिव कार्कीलाई बैंक सञ्चालक समितिले अध्यक्षमा नियुक्ति गरेको हो । कार्की तिनै सहसचिव हुन,जो तत्कालीन राजश्व अनुसन्धान विभागका महानिर्देशक चुणामणि शर्मा उपर भ्रष्टाचार मुद्धा चलेसँगै उनी आन्तरिक राजश्वको महानिर्देशकको जिम्मेवारीमा पुगेका थिए । जागिरे जीवनमा सम्पत्ति शुद्धीकरण,राजश्व लगायत अर्थ मातहतका निकायमा बसेर अनुभव बटुलेका उनी लोकसेवा आयोग, निजामती किताबखानाको महानिर्देशक,अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि काम गरिसकेका कर्मचारी हुन । ३८ वर्ष सरकारी सेवामा काम गर्ने क्रममा उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सहसचिवको रूपमा काम गर्ने क्रममा २०७७ वैशाखबाट अनिवार्य अवकाश पाएका झण्डै पाँच बर्ष पछि उनले निजी बैंकको अध्यक्षको जिम्मेवारी पाएका हुन ।

बिज्ञापन

यस अघि सचिवबाट अवकाश पाएको केही समय पछि नै सुशिल घिमिरेलाई लक्ष्मी बैंकले अध्यक्षमा नियुक्ति गरेको थियो । उनको कार्यकाल पछि अहिले रमण नेपाल अध्यक्षको जिम्मेवारीमा छन् । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पुरा गरी निर्देशकको पदबाट सेवानिवृत्त हुनुभएका अध्यक्ष नेपाल हाल नागरिक लगानी कोषमा कार्यकारी निर्देशकका रुपमा कार्यरत छन् ।

यस्तै कृषि विकास बैंकको अध्यक्षको जिम्मेवारीमा पूर्व सचिव रामशरण पुडासैनी कार्यरत छन् । पुडासैनीलाई हालैमात्र स्टाफ कलेजको प्रमुखको रुमपा नियुक्ति गरिएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

बिशेष