पूर्व प्रशासकहरुलाई धमाधम बैंकमा नियुक्ति

पछिल्लो समय पूर्व प्रशासकहरुलाई बैंक तथा वित्त संस्थाको अध्यक्षमा नियुक्ति गर्ने प्रचलन बढेको छ । विभिन्न निजी तथा सरकारी बैंकहरुले अवकाशप्राप्त सचिव तथा सहसचिवहरुलाई बैंकको अध्यक्षको रुपमा नियुक्ति गर्ने क्रमलाई निरन्तरता दिँदै प्रभु बैंकले पूर्व सहसचिव किशोरजंग कार्कीलाई बैंकको अध्यक्षमा नियुक्ति गरेको छ ।

बिज्ञापन

०७७ वैशाखबाट निजामती सेवाबाट अनिवार्य अवकाश पाएका सहसचिव कार्कीलाई बैंक सञ्चालक समितिले अध्यक्षमा नियुक्ति गरेको हो । कार्की तिनै सहसचिव हुन,जो तत्कालीन राजश्व अनुसन्धान विभागका महानिर्देशक चुणामणि शर्मा उपर भ्रष्टाचार मुद्धा चलेसँगै उनी आन्तरिक राजश्वको महानिर्देशकको जिम्मेवारीमा पुगेका थिए । जागिरे जीवनमा सम्पत्ति शुद्धीकरण,राजश्व लगायत अर्थ मातहतका निकायमा बसेर अनुभव बटुलेका उनी लोकसेवा आयोग, निजामती किताबखानाको महानिर्देशक,अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि काम गरिसकेका कर्मचारी हुन । ३८ वर्ष सरकारी सेवामा काम गर्ने क्रममा उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सहसचिवको रूपमा काम गर्ने क्रममा २०७७ वैशाखबाट अनिवार्य अवकाश पाएका झण्डै पाँच बर्ष पछि उनले निजी बैंकको अध्यक्षको जिम्मेवारी पाएका हुन ।

बिज्ञापन

यस अघि सचिवबाट अवकाश पाएको केही समय पछि नै सुशिल घिमिरेलाई लक्ष्मी बैंकले अध्यक्षमा नियुक्ति गरेको थियो । उनको कार्यकाल पछि अहिले रमण नेपाल अध्यक्षको जिम्मेवारीमा छन् । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पुरा गरी निर्देशकको पदबाट सेवानिवृत्त हुनुभएका अध्यक्ष नेपाल हाल नागरिक लगानी कोषमा कार्यकारी निर्देशकका रुपमा कार्यरत छन् ।

यस्तै कृषि विकास बैंकको अध्यक्षको जिम्मेवारीमा पूर्व सचिव रामशरण पुडासैनी कार्यरत छन् । पुडासैनीलाई हालैमात्र स्टाफ कलेजको प्रमुखको रुमपा नियुक्ति गरिएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्री गुप्ताविरुद्ध घुस लिएको आरोपमा अख्तियारमा उजुरी, प्रमाणसहित कारबाहीको माग

ती गोकुल,यी राजुकमार

विशेष समिति बनेको सात दिन : सचिवसँग लियो पहिलो बयान

अबदेखि सरकारी कार्यालय ‘क्यासलेस’

राजनीतिक संकटमा गुप्ता : अडियोकाण्डपछि हटाइने तयारी

सरकारका तीन पूर्व सचिव रास्वपाको सल्लाहकारमा मनोनित

७८ लाख आफ्नै सरकारी निवासमा भेटिएको स्वीकार

सांसद आचार्यको आग्रह : “रसुवा बाढीबाट पाठ सिक्दै प्रकृतिमैत्री संरचना बनाउनुपर्छ”

बिशेष