आधा दर्जन सचिवहरु फेरि भकुण्डो बन्दै

मन्त्रिपरिषद्को पुर्नगठनसँगै केही सचिवहरु फेरि भकुण्डो बन्ने भएका छन् । प्रचण्डले मन्त्रिपरिषद् पुर्नगठन गरेको दोश्रो साता नै गृहका सचिव परिवर्तन भएका थिए । आज पुर्नगठित मन्त्रिपरिषद्को चौथो बैठक बस्दै छ । बिहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा डाकिएको बैठकले अन्य निर्णयका साथै केही सचिवहरु समेत परिवर्तन गर्ने तयारी भइरहेको छ । आज बसेको क्याविनेट बैठकले झण्डै आधा दर्जन सचिव भकुण्डो बन्दै छन् ।

बिज्ञापन

सरकार परिवर्तनपिच्छे भकुण्डोझैँ यताबाट उता र उताबाट यता फालिने गरिएका कर्मचारीका हाकिमहरूमाथि फेरि अर्को प्रहार थालिएको छ । केही दिन सचिव र सहसचिवहरूको नाडी छामिसकिएपछि फेरि पनि सरकारले केही सचिवको सरुवा गर्न लागेको बताइन्छ । सरकारले आजैको क्याबिनेट बैठकबाट अर्थ सचिव कृष्णहरि पुष्करसहितलाई जिम्मेवारीबाट हटाउन लागेको छ । सो स्थानमा अर्थ मन्त्रालयकै राजश्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिन लागिएको अर्थ मन्त्रालय स्रोतले बतायो । पुष्करलाई गत असोज ४ गतेदेखि अर्थ सचिवको जिम्मेवारी दिइएको थियो । बीचमा केही समय उक्त जिम्मेवारीमा नरहेका उनलाई अघिल्लो सरकारले सोही अर्थ सचिवमा सरुवा गरेर ल्याएको हो ।

बिज्ञापन

यसवीच नयाँ अर्थमन्त्री बर्षमान पुनले नजानु भन्दाभन्दै अस्ति पुष्कर अमेरिका गएको बुझिएको छ । सचिवमा गृहतिर एकनारायण अर्याललाई ल्याइएपछि पुष्करलाई हटाइएको ब्युरोक्रेसीतर्फको यो दोश्रो ठूलो हेरफेर हो । आजको क्याविनेट बैठकले संघीय मामिला तथा सामान्य प्रशासन, अर्थ, उद्योग, खानेपानी,नेपाल ट्रष्ट लगायतका निकायमा कार्यरत सचिवहरूको सरुवा हुन सक्ने बताइएको छ ।
माओवादी निकटका सचिवका रुपमा चिनिएका कृष्ण राउत र रामकृष्ण सुवेदी हुन । सुवेदीले अर्थ ताकिरहेको भए पनि उनलाई सञ्चारबाट चलाइने सम्भवना कम छ भनिन्छ । यस्तोमा अर्जुन पोखरेल वा रामप्रसाद घिमिरेमध्ये एक अर्थ सचिव बन्न सक्ने चर्चा पनि चल्दैछ,सिंहदरबारतिर । अर्थ स्रोतका अनुसार, अर्थमन्त्री पुनले बजेट निर्माणको मुखमा सहसचिवको सेटै परिवर्तन गर्न खोज्दैछन् ।

यस अघि बाग्मती प्रदेशबाट उद्योगमा फड्को हानेका मुकुन्द निरौला, बाणिज्य सचिव नारायण शर्मा दुवाडी, रक्षा सचिव किरण शर्मादेखि भूमि सचिव गोकर्णमणि दुवाडीहरु समेत सरुवामा पर्न सक्ने बताइँदैछ । यस्तै हिट लिष्टमा रहेका अर्को सचिव छन्,डा सुरेश आचार्य उनी कुटनीतिक राहदानी दुरुपयोग प्रकरणमा मुछिएर बदनामी खेप्दैछन् । उद्योग,खानेपानी,भूमि,रक्षा लगायतका मन्त्रालय नै एमालेसँग छ र संयोग यी चारवटै मन्त्रालयको प्रशासनिक नेतृत्व काँग्रेससँग निकट रहेका प्रशासकहरुले गरिरहेका छन् । यी चारै सचिवहरु परिवर्तन हुने सम्भवना रहेको बताइँदैछ ।

बिज्ञापन

उक्त श्रोतका अनुसार सुरेश अचार्यलाई यस अघि नै बसिसकेको नेपाल ट्रष्टमा लैजाने गरि छलफल चलिरहेको छ । यस्तै सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी समेत सामान्य सचिव विनोद सिंह विकल्प खोज्न थालेका छन् । त्यहाँ राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तोयम राया र बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय सामान्यमा भित्रने चर्चा चल्दैछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

१५ उपसचिवहरुको सरुवा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको संगठन संरचना स्वीकृत, दरबन्दी दर्ता गर्ने दोस्रो मन्त्रालय बन्यो

बोलबम घटनापछि सुनसरीका सीडीओ बासुदेव घिमिरे र प्रहरी प्रमुख हटाइने तयारी

नेपाल एसबीआई बैंकभित्र समस्या नै समस्या

कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित

हुलाकी सडकको एउटा सानो पुल, जसले जोड्यो दुई किनारा मात्र होइन, स्थानीयको वर्षौंदेखिको प्रतीक्षा

नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

बिशेष