अर्का ‘ठूला माछा’सँग लियो अख्तियारले बयान

पूर्व सञ्चारमन्त्री,पूर्व स्वास्थ्य मन्त्रीदेखि हाइप्रोफाइलवाला मुख्यसचिवसँग समेत बयान लिइरहेको अख्तियारले अर्काे ठूला माछासँग पनि बयान लिएको छ ।

बिज्ञापन

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएका छन् । अधिकारी अख्तियारमा पुगेर गत बिहिबारदेखि बयान दिएका हुन । उनीसँग अख्तियारले २० घण्टा भन्दा बढी समय लगाएर अन्तिम बयान लिएको अख्तियारले जनाएको छ । टंगाल स्रोतका अनुसार अधिकारी गत बिहिबार,शुक्रवार अन्तिम बयानका लागि टंगाल पुगेका थिए ।

बिज्ञापन

पोखरा अन्तराष्ट्रिय बिमानस्थलको निर्माणको क्रममा भएको अनियतितमा प्रकरणमा अख्तियारले अघिल्लो सातादेखि उनीसँग बयान लिन प्रारम्भ गरेको थियो । अधिकारी पछिल्लो चार दिनसम्म टंगाल पुगेर बयान दिएर फर्किएका हुन ।

महालेखापरीक्षकको कार्यालयले प्रकाशन गरेको ६० औं प्रतिवेदनमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा घोटाला भएको उल्लेख गरेको थियो । चीनको २२ अर्ब रुपैयाँ ऋणमा विमानस्थल निर्माण गरिएको थियो । अख्तियारले पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको उजुरी माथि छानबिन सुरु गरेको थियो ।

बिज्ञापन

प्रेम बहादुर आले पर्यटनमन्त्री हुँदा बरिष्ठ कर्मचारीहरुलाई पाखा लगाउँदै कनिष्ठ कर्मचारी प्रदीप अधिकारीले त्यहाँ महानिर्देशकको जिम्मेवारी पाएका थिए,०७८ साल माघ १७ गते उनले महानिर्देशकको पदबहाली गरेका थिए । अधिकारी ०६४ सालमा प्राधिकरणमा सातौं तहमा इन्जिनियरका रुपमा सेवा प्रवेश हुन । २०७४ सालमा आठौं तहमा रहेका बेला खुला प्रतिस्पर्धाबाट ११औं तहमा नाम निकाल्न सफल भएका थिए । नागरिक उड्डयन प्राधिकरणमा १२ औं तहका कर्मचारी भोलाप्रसाद गुरागाईं, प्रतापबाबु तिवारी, हंशराज पाण्डेय, देवचन्द्र लाल कर्ण, गोविन्दप्रसाद दाहाल र प्रेमनाथ ठाकुर कार्यरत छन् । उनीहरुलाई बाइपास गर्दै मन्त्री आलेले ११औं तहमा कार्यरत कनिष्ठ प्रदीप अधिकारीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त गरिएको थियो । यस अघि विभिन्न विमानस्थलमा कार्यालयमा बसेर अकुत आर्जन गरेको र भ्रष्टाचार गरेको आरोपमा उनीमाथि मुद्धामाथि मुद्धाको चाङ छन् । त्यही बिषयमा अख्तियारले अनुसन्धान गरिरहेको छ ।

अधिकारी यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख थिए । सबैभन्दा धेरै अनियमितता उनैबाट भएको बताइन्छ । अधिकारीले प्राधिकरणका बा १६ प ४५६९ नम्बरको ह्युण्डाईको सेतो गाडीका अलवा बा अ अ ६७१८ नम्बरको टोयोटा र्याभ ४, बा अ अ ६७१९ नम्बरको ग्रे कलरको टोयोटा हाइलक्स,बा अ अ ६७२० नम्बरको सेतो रंगको टोयोटा हाइलक्स र बा अ अ १५३० नम्बरको सेतो रंगको फोर्ड कम्पनीको गाडी चढ्दै आएको भेटिएको छ ।

यसैबीच अख्तियारमा बयान दिएर फर्किएका अधिकारीले नागरिक उड्डयन प्राधिकरणका कुनै पनि अनलाइन न्यूज पोर्टल नचल्ने बनाउन लगाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

७ प्रतिशतले घट्यो शेयर कारोवार

९ बाणिज्य बैंकको नाफा घट्यो

पत्रकारलाई ‘दलाल’को बात,गृहमन्त्रीका ‘पूर्व पिए’ सिडिओलाई आपत

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बोस्टनमा गुन्जिदै नेपथ्य ब्याण्ड

तीन दिनभित्रैमा पारित गर्ने भनिएको निजामती विद्येयकमा अझैं छन् दर्जन असहमति

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

मुख्य सचिवको अभिव्यक्तिले कर्मचारी ‘आगो’,आन्दोलनका कार्यक्रम घोषणा

बिशेष