आफन्त भर्ति र सवारी दुरुपयोग गर्ने ऊर्जा आयोगका सहसचिव पौडेल भ्रष्टाचार मुद्दा लागेपछि निलम्बित

पतञ्जली जग्गा घोटाला प्रकरणमा प्रतिवादी बनेका जल तथा ऊर्जा आयोग सचिवालयमा कार्यरत सहसचिव कलानिधि पौडेलमाथि भ्रष्टाचार मात्र होइन, राज्यका स्रोतसाधनको चरम दुरुपयोग गरेको आरोपसमेत लागेको छ।

बिज्ञापन

भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा उपसचिव हुँदा पतञ्जली आयुर्वेदसँग सम्बन्धित जग्गा हिनामिनामा संलग्न देखिएका पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ।

बिज्ञापन

२०७३ साल माघमा सहसचिवमा पदोन्नति भएका पौडेल कानुन समूहको सचिव बन्ने लाइनमा थिए। तर, भ्रष्टाचार अभियोगका कारण अब उनी सरकारी सेवाबाटै बाहिरिन सक्ने स्थिति देखिएको छ।

तर यो मात्रै होइन, सचिवालयमा कार्यरत पौडेलले कार्यालयलाई आफन्त भर्तिकेन्द्र बनाउँदै आफ्ना छोरी, साली, सालोलाई जागिर खुवाएका छन्। उनकी छोरी दीक्षा पौडेल सचिवको सचिवालयमा कम्प्युटर अपरेटरको रूपमा कार्यरत छिन् भने सालीलाई चिया पकाउने जिम्मेवारी दिइएको छ। सालो लक्ष्मण भण्डारीलाई कम्प्युटर अपरेटरको पदमा राखिए पनि उनलाई कम्प्युटर चलाउनसमेत नआउने स्रोतले जनाएका छन्।

बिज्ञापन

पौडेलमाथि सरकारी सवारीसाधन र इन्धनको दुरुपयोग गरेको गम्भीर आरोप समेत छ। उनी कार्यालय प्रयोजनका लागि तीन वटा सरकारी सवारी साधन प्रयोग गर्दै आएका छन्। बा १ झ ९१२४, बा १ झ ९२७०, र बा १ झ ९४३४ नम्बरका महिन्द्राका स्कारपियो सवारी उनी र उनका आफन्तले घरायसी प्रयोजनमा प्रयोग गर्दै आएका छन्।

स्रोतका अनुसार, ती सवारीहरूमा कार्यालयकै कुपनबाट तेल हालिने गरिएको छ भने निजी नम्बर प्लेटको गाडी (००२ बा ६६६४) समेत सरकारी इन्धनमा चलाइएको भेटिएको छ। ती गाडीमध्ये केहीमा उनका साला चल्दछन्।

उक्त सवारी साधनका लागि पौडेलले आधिकारिक रूपमा चालक सुविधा लिएका छैनन् तर आत्माराम नामका अवकाश प्राप्त कर्मचारीलाई निजी चालक राखेर घरायसी कामका लागि प्रयोग गर्दै आएका छन्। ती चालकको मुख्य काम घरको तरकारी ल्याउने, सामान ओसारपसार गर्नेजस्ता रहेका छन्।

यत्तिमै सीमित छैन — केही महिना अघि पौडेलले कार्यालयको करिब १०० केजी गोरखापत्र आफन्तको गाडीमा हालेर घर पुर्‍याएकोसमेत परिसरमा चर्चा छ।

उर्जा आयोग बन्यो सहसचिवको आफन्त भर्तीकेन्द्र,सवारीदेखि इन्धनसम्म चरम दुरुपयोग

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जन्तीबाख्रो सार्वजनिक

प्रधानमन्त्री ओलीको रोजाईका महामहिम वलीका कार्यशैलीप्रति थाइ नेपाली असन्तुष्ट

उत्कृष्ट राष्ट्रसेवकको तक्मा-पुरस्कार थापेका कर्मचारी नै भ्रष्टाचार मुद्धामा

परराष्ट्रका २८ नायब सुब्बा अधिकृतमा बढुवा

यी हुन शाखा अधिकृतमा बढुवा सिफारिस भएका ३५ कर्मचारी

१५ शाखा अधिकृत उपसचिवमा बढुवा

सचिव बढूवाको लाइनमा रहेका अर्काे सहसचिव पनि निलम्बित

एकै पटक २१ वटा सरकारी कार्यालयबाट तलब बुझ्ने पत्रकार अख्तियारको फन्दामा

बिशेष