मालपोत प्रमुख आचार्य फेरि विवादमा, भैरहवाको विमानस्थल प्रकरणपछि पनि मिलेको छैन शैली

उदयपुर गाईघाटका बिचौलिया प्रमोद खड्काको सक्रियतामा मालपोत कार्यालय भक्तपुरको प्रमुख बनेका कुमार आचार्य फेरि एकपछि अर्को विवादमा तानिएका छन्।

बिज्ञापन

भैरवास्थित विमानस्थलको सरकारी जग्गा व्यक्तिगत नाममा पास गरेर चर्चामा आएका आचार्यले त्यही पुरानै शैली दोहोर्याउँदै अहिले पनि विवादास्पद कामलाई निरन्तरता दिएको आरोप लागेको छ।  यस अघिका कार्यालय प्रमुख लोक भण्डारी सरुवा भएर हिडेसँगै सो ठाउँमा भैरहवा मालपोतबाट भक्तपुरको हाकिम हुन आएका हुन । उनी यस अघि भैरहवा मालपोतको कार्यालय प्रमुख हुँदा भैरहवा विमानस्थलको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरण अदालत हुँदै अख्तियारसम्म पुगेको थियो ।

बिज्ञापन

विमानस्थलको धावनमार्ग र पर्खाल भित्रको जग्गा सिद्धार्थनगर नगरपालिका–५ का पर्वतराज कान्त मिश्रको नाममा दर्ता भएको तथ्य गत साता मात्र बाहिरिएको थियो। भूमाफियाहरूले हदबन्दी भन्दै सिद्धार्थनगर–१० स्थित काली मन्दिर भएको जग्गा मिश्रको नाममा दर्ता गराएका प्रकरण पछि अदालत हुँदै अख्तियारसम्म पुगेको थियो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवेसहित विभिन्न स्थानमा रहेको ४ बिघा १६ कठा ७ धुर जग्गा व्यक्तिको नाममा दर्ता भएको तथ्य उजागर भएको थियो । यसरी भूमाफियाको मिलेमतोमा सरकारी जग्गा नै व्यक्तिको नाममा गराउनेहरु अहिले एकै ठाउँमा पुगेका छन् ।

बिज्ञापन

भैरवाको विमानस्थल प्रकरणमा पाँच करोड रुपैयाँभन्दा बढीको अवैध आम्दानी गरेको र सो प्रकरण मिलाउन मात्रै साढे दुई करोड खर्च गरिएको स्रोतको दाबी छ। ती रकम अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मालपोत विभाग, रुपन्देहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा केही मिडिया संस्थाहरूलाई बुझाइएको बताइन्छ। अख्तियारको अनुसन्धानको घेरामा परेका आचार्य अहिले पनि त्यही प्रकरणको मुद्दा खेपिरहेका छन्। तर यसबीच उनी भक्तपुरको मालपोत कार्यालय प्रमुख बनेपछि फेरि छुट जग्गा दर्ताका नाममा ठूला चलखेल सुरु गरेको आरोप लागेको छ।

अहिले विचौलियाहरुकै इन्ट्रेस्ट अनुसार सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउँदै आएका  छन् । सूचना अनुसार, छुट दर्ता सम्बन्धी रजिष्ट्रेसनका फाइलहरू मन्त्रालय र विभागसम्म पुर्याउनु पर्छ भन्दै आचार्यले सेवा लिन आउनेहरूसँग सिधै उठाउने गरेको पाइन्छ। रजिष्ट्रेसन फाइल वा दुवै पक्षको मिलापत्रसँगै हुने विवादास्पद दर्ता प्रक्रियामा हप्तैपिच्छे उठाइने रकम फिक्स भएको कार्यालयकै केही कर्मचारीहरू स्वीकार्छन्। आचार्यमाथि आरोप लागेअनुसार, उनी मालपोत कार्यालयलाई बिचौलिया केन्द्रित बनाउँदै ‘सेटिङ’ मार्फत सेवा दिन खोजिरहेका छन्। सेवाग्राहीहरूले कुनै पनि कामका लागि रकम नतिरीकन प्रक्रिया अघि नबढ्ने गुनासो बढ्दै गएको छ। उनको पहुँच, मिलेमतो र राजनीतिक संरक्षणका कारण भैरवा विमानस्थल प्रकरणमा समेत कारवाही नहुने अवस्था सिर्जना भएको बताइन्छ।

 

यतिबेला भक्तपुरमा त्यही शैली पुनः देखिन थालेपछि सम्बन्धित निकायहरू मौन बस्नुले नै आचार्यलाई अझ दुस्साहसी बनाएको विश्लेषण गरिएको छ। सार्वजनिक भूमिको दुरुपयोग र भ्रष्टाचार नियन्त्रण गर्न सरकारले बारम्बार कडाइ गर्ने बताइरहे पनि व्यावहारिक रूपमा भने यस्तो गतिविधिमा संलग्न व्यक्तिहरू अझ बढी सुरक्षित बन्दै गइरहेका छन्। यस विषयमा अख्तियार, भूमि मन्त्रालय र विभागले तत्काल गम्भीर ध्यान नदिए शासकीय मूल्य र सार्वजनिक जग्गाको सुरक्षा नै प्रश्नचिन्हमा पर्ने देखिन्छ। उक्त विषयमा बुझ्न उनीसँग पटकपटक सम्पर्क गर्दा पनि सम्पर्कमा आउन चाहेनन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवामा मतगणना स्थल तयारी पूरा

लाङटाङको मतपेटिका आजै हेलिकप्टरमार्फत धुन्चे ल्याइने तयारी

रसुवामा ५५.३० प्रतिशत मतदान, २२ हजार ९ सय ३४ मत खस्यो

रसुवामा ४२.०६ प्रतिशत मतदान, १७ हजार ४४५ मत खस्यो

पूर्वसचिव आचार्यको राष्ट्रिय गीत सार्वजनिक : जेनजी युवालाई देश निर्माणको आह्वान

व्हाट्सएप अभिव्यक्तिका कारण मतदान अधिकृत गैरे हटाइए

राष्ट्रिय सुरक्षा परिषद् बैठक सम्पन्न

मतदान अधिकृत जिम्मेवारीबाट हटाइए

बिशेष