नेपाल प्रहरीका ११ डीआईजीको पदस्थापना,को कहाँ ?

नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरू नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका छन् । गृहमन्त्री रमेश लेखकले गत १३ जेठमा बढुवाका निर्णय गरेका छन् । ती डीआइजीहरुलाई पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बिज्ञापन

बढुवा हुनेहरूमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री (जिसी), दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, संजिव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेका छन् ।

बिज्ञापन

ती डीआइजीहरुमध्ये सुदर्शन प्रसाद कोइराला विशेष ब्युरोमा पदस्थापन गरिएको प्रहरी हेर्डक्वार्टरले जनाएको छ । यस्तै विनोद घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा, दिपेन्द्र घर्ती क्षेत्री राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र दिपक रेग्मी अन्वेषण योजना तथा विकास निर्देशनालयमा पदस्थापन हुँदा माधव प्रसाद श्रेष्ठले कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी पाएका छन्।

यस्तै,दिलिप सिंह देउवा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय, र दिपककुमार बस्नेत प्रदेश समन्वय विभागमा पदस्थापन गरिँदा ओमबहादुर रानालाई अख्तियार, जयराज सापकोटा कार्य निर्देशनालय, संजिव शर्मा दास अपराध अनुसन्धान निर्देशनालय र सुरेन्द्रबहादुर गुरुङ कार्य विभागमा पदस्थापन भएका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

हाजिरपछि बेपत्ता उपसचिव, कार्यालय ताला र साँचो अलपत्र

मालपोत कार्यालय चाबहिलका प्रमुख र नासुद्वारा समाचार खण्डन

हस्तान्तरणपछि PIS Portal सञ्चालनमा प्रदेश सरकार सक्रिय, ३५ दिनमै १०.६ प्रतिशतले वृद्धि

चार बर्ष जागिर अवधि छँदै शाखा अधिकृतबाट राजीनामा,एमालेको केन्द्रीय सदस्यमा निर्वाचित

पौने चार करोड बैंक जमानत लिएर रवि लामिछानेलाई छाड्न आदेश

कारागार प्रमुख,इञ्जिनियर,नासु र सहलेखापालविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रिपरिषद् बैठक बस्दै

प्राकृतिक संरक्षण कोषको सदस्य सचिवमा सुवेदी

बिशेष