वृद्धभत्ता पाउन अब ७० वर्ष पुग्नपर्ने

सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ । हाल ६८ वर्षमा दिइँदै आएको बजेटको उमेर बढाएर ७० वर्ष पुर्‍याइएको हो । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।

बिज्ञापन

यो सँगै अब ७० वर्षमा मात्रै वृद्धभत्ता पाइने भएको छ । हाल भत्ता पाइरहेकाहरुले भने निरन्तरता पाउने छन् ।

बिज्ञापन

२०५१ सालमा मनमोहन अधिकारी सरकारले ७५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई प्रतिमहिना १ सय रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिन सुरू गरेको थियो। २०६१ मा वृद्धभत्ता १ सय ७५ रूपैयाँ पुर्‍याइएको थियो। त्यसपछि २०६७ सालमा जेष्ठ नागरिकको परिभाषा परिमार्जन गर्दै ७० वर्षमा झारिएको थियो। २०६९ सालमा वृद्धभत्ता ५ सय पुगेको छ।

२०७२ सालमा नेपाली कांग्रेस सरकारले एक हजार पुर्‍याएको थियो भने २०७३ सालमा तत्कालीन एमाले सरकारले २ हजार पुर्‍याएको थियो ।  सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमार्फत् यसबारे जानकारी गराएका हुन् । छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने पनि उनले घोषणा गरे ।

बिज्ञापन

सबै सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने उनले बजेट पढेर सुनाउँदै जानकारी गराए ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहसचिवदेखि प्रधानमन्त्रीसम्मले एक महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने

उपसचिव परीक्षामा चिट चोरेर लेख्ने गिरी कारबाहीमा, एक वर्ष परीक्षा दिन नपाउने

भूमि प्रशासनका दुई कार्यालय प्रमुखविहीन, मनमैजुमा भाइलाई पठाउँदै

सम्पत्ति छानबिनको राडारमा १२ मुख्यसचिवहरु

कार्यकक्षमै कुटिए सब इन्जियर,न्याय खोज्दै प्रहरीमा उजुरी

सामान्य प्रशासनमै गाभियो भूमि : बन्नेभयो भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय

कर्मचारीलाई सरकारको कडा चेतावनी – अब राजनीति गरे जागिर जाने

तीन करोड राजस्व हिनामिनामा बहालवाला तीन उपसचिवसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिशेष