सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ । हाल ६८ वर्षमा दिइँदै आएको बजेटको उमेर बढाएर ७० वर्ष पुर्याइएको हो । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।
बिज्ञापन
यो सँगै अब ७० वर्षमा मात्रै वृद्धभत्ता पाइने भएको छ । हाल भत्ता पाइरहेकाहरुले भने निरन्तरता पाउने छन् ।
बिज्ञापन
२०५१ सालमा मनमोहन अधिकारी सरकारले ७५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई प्रतिमहिना १ सय रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिन सुरू गरेको थियो। २०६१ मा वृद्धभत्ता १ सय ७५ रूपैयाँ पुर्याइएको थियो। त्यसपछि २०६७ सालमा जेष्ठ नागरिकको परिभाषा परिमार्जन गर्दै ७० वर्षमा झारिएको थियो। २०६९ सालमा वृद्धभत्ता ५ सय पुगेको छ।
२०७२ सालमा नेपाली कांग्रेस सरकारले एक हजार पुर्याएको थियो भने २०७३ सालमा तत्कालीन एमाले सरकारले २ हजार पुर्याएको थियो । सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमार्फत् यसबारे जानकारी गराएका हुन् । छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने पनि उनले घोषणा गरे ।
बिज्ञापन
सबै सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने उनले बजेट पढेर सुनाउँदै जानकारी गराए ।