राजस्व अनुसन्धान विभागद्वारा ७९ करोड बिगो र जरिवाना माग दाबीसहित मुद्दा दर्ता

 

बिज्ञापन

राजस्व अनुसन्धान विभागले भन्सार छलेर व्यापारिक बस्तु आयात गरेको अभियोगमा बिगो र जरिवानासहित ७९ करोड असूलउपरसहित हदैसम्मको कैद सजाय माग गर्दै ८ जना व्यापारीविरुद्व अदालतमा मुद्दा दर्ता गरेको छ ।

बिज्ञापन

विभागले सोमबार उच्च अदालत बुटवल र पाटनमा छुट्टा-छुट्टै मुद्दा दर्ता गरेको हो । विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार उनीहरुले विभिन्न समयमा भन्सारमा तिर्नुपर्ने महसुल, करलगायतका राजस्व रकम नतिरी चोरी पैठारी गरेको अभियोगमा व्यक्ति नै पिच्छे फरक फरक बिगो र जरिवाना रकम तथा जेल सजाय माग दावी गरेर मुद्दा दायर गरिएको हो ।विभागले संदिप ट्रेडर्सका कारोबारी दयाशंकर चौधरी र प्रोप्राइटर विमलादेवी चौधरी कुर्मीविरुद्ध १२ करोड ८५ लाख बिगो तथा शतप्रतिशत जरिवाना असुल उपर गरी जेल सजायको समेत माग गर्दै उच्च अदालत बुटवलमा मुद्दा दर्ता गरेको छ । दयाशंकरले श्रीमती विमलादेवीको नाममा फर्म दर्ता गरेर खाद्यान्न आयात गरेर बिक्री गरेको देखिए पनि खरिद गरेको बील नदेखिएको विभागले जनाएको छ ।

यस्तै विभागले प्रयोगमा ल्याएको भीसीटीएस प्रणालीमा प्रतिवादी राहल कुमार द्विवेदीले प्रविष्टि गरेको खरिद बिक्रीको विवरण ,निजले आन्तरिक राजस्व विभागले सञ्चालन गरेको प्रणालीमा प्रविष्टि गरेको विवरणबाट प्राप्त भ्याट रिर्टन, प्रतिवादीहरू गुरु इम्पेक्स र त्यसका प्रोपराइटर सीताराम प्रसाद रौनियार, शुभश्री इन्टरप्राइजेट र त्यसको प्रोपराइटर रिजवान अन्सारी, न्यू कञ्चन इन्टरप्राइजेजर त्यसका प्रोपराइटर मिरा कुमारी श्रीवास्तव, एस.पी. कन्सर्न र त्यसका प्रोपराइटर प्रभु शंकर रौनियार र र न्यू एस कुमार इन्टरनेशनल र त्यसका प्रोपराइटर रामछवि कलवारले गरेको कारोबार सम्बन्धमा भएको छानबिन तथा विश्लेषण अनसन्धानकाक्रममा विभागबाट गरिएको अनुसन्धानले मिलेमतोमा प्रतिवदी राहुल कुमार द्विवेदी र माथि उल्लेखि फर्महरू तथा बिरवलजी भनिने भारतीय नागरिकको मिलोमतो र संलग्नतामा व्यवसायिक मालवस्तुहरू भन्सार बिन्दुबबाट छली गरी चोरी पैठारी गरेकोमा हदैसम्मको कारबाही माग गरिएको  अधिकारीले बताए ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

बिशेष