‘बार्गेनिङ अड्डा’को रुपमा बदनाम थियो सम्पत्ति शुद्धीकरण तर विभागको १७ औं महानिर्देशकमा सुमन दाहाल पुगेसँगै सम्पत्ति शुद्धीकरणमा सुधारका संकेतहरु देखिएका छन् । मुद्धा दायर गरेर संख्या बढाउने भन्दा पूराना मुद्धाहरु फर्स्यौटलाई प्रथामिकतामा राखेर काम गरिरहेका छन्,दाहाल ।
बिज्ञापन
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका १७औँ महानिर्देशकका रुपमा कार्यरत छन् सुमन दाहाल । यस अघि भन्सार विभागको महानिर्देशक तथा अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख, प्रशासन महाशाखा, कोशी प्रदेश अर्थ सचिव, राष्ट्रिय योजना आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेर सफलतापूर्वक जिम्मेवारी बहन गरेको दाहाल महानिर्देशक भएसँगै नयाँ मुद्धा दर्तालाई भन्दा दर्ता भएका मुद्धा फस्र्यौट गर्न उनको टिम सक्रिय रहेका छन् ।
बिज्ञापन
६६/६७ सालमा स्थापना हुँदा नै विभागमा ३३ वटा उजुरी दर्ता भएको थियो । त्यस यता ६७/६८ मा ४२,६८/६९ सालमा ६५ वटा उजुरी दर्ता भएको देखिन्छ । यस्तै,६९/७० मा ११२ वटा उजुरी दर्ता भएको छ विभागमा । त्यसयता क्रमश ७०/७१ मा २५३,७१/७२ मा २७५,७२/७३ मा २२१ उजुरी दर्ता भएको छ । ७३/७४ मा ३०६ उजुरी दर्ता गरेको छ विभागले । त्यस पछिको बर्षमा २०१ उजुरी भएकोमा ७५/७६ मा ३२७,७६/७७ मा २५१,७७/७८ सालमा २५० र त्यस पछिको बर्ष १३६ उजुरी दर्ता भएकोमा सम्पत्ति शुद्धीकरणको इतिहासमै सबैभन्दा बढी उजुरी दर्ता भएको बर्ष बनेको छ,८०/८१ । सो बर्ष ७८९ उजुरी दर्ता हुँदा अघिल्लो बर्ष अर्थात ७९/८० मा ७४२ उजुरी दर्ता भएका छन् । सुमन महानिर्देशक बनेर गएसँगै जम्मा ३० वटामात्र उजुरी दर्ता लिएको छ ।
सुमन विभागको नेतृत्वमा पुगेसँगै आरोपितहरुलाई पत्र काट्ने,तारेखमा राख्ने,वयान लिने,१३ पन्ने भराउने र सम्पत्ति रोक्का राख्नेजस्ता पूराना पक्रियाहरु बन्द गरिएको छ । यस्तै अनुसन्धानलाई प्रभावकारी बनाउन पारदर्शी र उत्तरदायित्वपूर्ण प्रणालीको शुरुवात यही अवधिमा भएको छ ।यस्का अलवा उजुरी निष्पक्ष फर्स्यौटका लागि अख्तियार,प्रहरी,राजश्व अनुसन्धान,महान्यायधिवक्ता कार्यालयका प्रतिनिधि सम्मिलित कार्यदल बनाएर विधिवत् कार्यविधि स्वीकृत गरेको छ विभागले ।
बिज्ञापन
आर्थिक बर्ष शुरु हुँदा १६७६ संख्यामा उजुरी रहेकोमा ८०० बढी उजुरी फर्स्यौट गरिएको,१८ वटा मुद्धाबाट करिब ८० अर्ब बराबरको विगो कायम गरिएको बिषयलाई विभागले ऐतिहासिक प्रगति मानेको छ । यस्तै ८० ८१ मा १०१ थान मुद्धा दायर भएकोमा ९७ थानको फैसला भएको जनाइएको छ । जसमध्ये ७९ थान ठहर भएका,१८ ले सफाई पाएका छन् । अर्थात मुद्धा दायरमा विभागले ८१ प्रतिशत सफलता मिलेको छ । यो मुद्धामा कूल विगो १४ अर्व २७ करोड २७ लाख विगो कायम गरिएको थियो ।